यति बचत तथा ऋण सहकारी संस्थाको सातौं वार्षिक साधारणसभा सम्पन्न - नयाँ नेतृत्व चयन

  •   २ वर्ष अघि | १८ पुस २०७८, आइतवार,    

काभ्रे । भैंसिपाटी नासिका स्थानमा रहेको यति बचत तथा ऋण सहकारी संस्थाको सातौं वार्षिक  साधारणसभा सम्पन्न भएको छ।
यति बचत तथा ऋण सहकारी संस्थाको सातौं वार्षिक साधारणसभामा सभापति अमृत बुढाथोकी , प्रमुख अतिथि जिल्ला बचत संघ काभ्रेपलान्चोक का उपाध्यक्ष सागरनाथ कपाली ,विशिष्ट अतिथि जिल्ला बचत संघका निवर्तमान सचिव उदयराम कायस्थ , अतिथिहरु सानू प्रजापति ,सन्तोष कुमार रौनियार ,पुरुषोत्तम कायस्थ ,हुनुहुन्थ्यो ।
सातौं वार्षिक साधारणसभा बाट संस्थाले नयाँ नेतृत्व पाएको छ । यति बचतको सर्वसम्मत नेतृत्व चयन भएको हो , निर्वाचन कमिटीका संयोजक लाल तारा अधिकारीको संयोजकत्वमा यति बचत तथा ऋण सहकारी संस्थाले नयाँ नेतृत्व पाएको हो। 
निर्विरोध निर्वाचित हुनेमा सञ्चालक समिति पदको पदाधिकारी हरुको नाम निम्नलिखित छ
 अध्यक्ष -सरोज रंजितकार
उपाध्यक्ष -निशा बुढाथोकी 
सचिव-जुन कायस्थ 
कोषाध्यक्ष -सुजित रंजितकार
सदस्य -गोमा तामाङ 
सदस्य -राज खत्री
सदस्य -सगुन धौवन्जार
लेखा सुपरिवेक्षण समितिको पदका लागि निर्विरोध पदाधिकारीहरुको नामावली 
संयोजक -सरु विष्ट
सदस्य -मधु रौनियार 
सदस्य -नारायण बुढाथोकी 
यति बचत तथा ऋण सहकारी संस्थाको करिब सात सय सेयर सदस्य रहेको संस्थाको सेयर पुजि करिब ४८ लाख रहेको संस्थाकी प्रबन्धक दुर्गा रन्जितकारले बताउनुभयो।   यति बचत तथा ऋण सहकारी संस्थाले कोरोना महामारीको बेला शिर मेमोरियल हस्पिटल लाई माक्स , सेनिटाइजर , स्वास्थ समन्धि विभिन्न सामग्री वितरण गरिएको र लकडाउनको  बेला बाटो मा हिड्ने बटुवालाई खाना ,पानी को पनि व्यवस्था गरिएको संस्थाकी प्रबन्धक दुर्गा रन्जितकार ले बताउनुभयो ।
यति सहकारी संस्थामा कुल बचत १ करोड ७० लाख रहेको र ब्याजदर १४.७५ प्रतिशत र मुद्दती बचतमा १२ प्रतिशत रहेको प्रबन्धकले बताउनुभयो ।

थप