काभ्रेको धुलिखेलमा पहिलो पटक बाँसुरी प्रतियोगिता हुदै

  •   १० महिना अघि | १४ असार २०८०, बिहिबार,     मणिराम दाहाल

काभ्रे । काभ्रे जिल्लाको धुलिखेलमा पहिलो पटक बाँसुरी बजाउने प्रतियोगिता हुने भएको छ । शिखलापुर बाँसुरी धे धे ले पहिलो पटक बाँसुरी प्रतियोगिता आयोजना हुन लागेको पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो । बिहीबार धुलिखेलमा पत्रकार सम्मेलन गर्दै संस्थापक अध्यक्ष अरविन माकाजुले यो प्रतियोगितामा काभ्रे जिल्लाको तीन समुह धुलिखेल खड्पु बेथानचोक र पनौती विहाबर क्षेत्रका बाँसुरी बाध्यबाधक हरु सहभागी हुने बताए ।

यस्तै जिल्ला बाहिरका भक्तपुर जिल्लाको ४ समुह काठमाण्डौका ५ समुह, ललितपुरका १ समुह गरी जम्मा १३ समुह बीच प्रतियोगिता आयोजना हुन लागेको छ । १६ गते शनिबार धुलिखेलको वडा नं ७ स्थित नारायणस्थान लाछीमा हुने बताइएको छ ।

प्रति समूह १ हजार को दरले दर्ता शुल्क लाग्ने प्रतियोगितामा प्रथम हुने लाई नगद २० हजार ट्रफी र प्रमाण पत्र, दोस्रो हुने लाई नगद १५ हजार र प्रमाण पत्र तेस्रो हुने लाई १० हजार नगद पुरस्कार राशी राखिएको माकाजुले बताए ।

उनले प्रतियोगितामा तीन जना निर्णायक रहने विवेक मानन्धर शेष नारायण महर्जन लगायत वरिष्ट बाध्य बाधक निर्णायक रहने बताए । कार्यकम बाट धुलिखेलको कला संस्कृति र पर्यटन प्रवर्द्धन गर्न मद्दत पुग्ने विश्वास लिएको आयोजकले बताएको छ । प्रतियोगितामा खर्च रू ३ लाख लाग्ने आयोजकले अनुमान गरेको छ । प्रतियोगिताको मुख्य सहयोगी गोर्खा ब्रुअरी रहेको छ ।

कार्यक्रम संरक्षक धुलिखेल नगरपालिका, रोटरी क्लब अफ धुलिखेल सहयोगी संघ सस्थाहरुः धुलिखेल का सम्पूर्ण स्थानीय क्लबहरु रहेको आयोजकले जनाएको छ । कार्यक्रममा ५०० जना भन्दा बढीको उपस्थिति रहने अनुमान गरेको छ ।

प्रतियोगिताको उदेश्य धुलिखेलमा पर्यटकिय रुपमा बिकास गर्ने, धुलिखेललाई संस्कृति तथा सम्पदाको रुपमा चिनाउने, धुलिखेलको भित्री बस्तिलाई उजागर गर्ने, युवाहरुलाई प्रोत्साहन गर्ने, नेपालमा बासुरी बाजाको महत्व बुझाउने, धुलिखेल नगरबाट अन्य नगरसँग सुमधुर सम्बन्ध बनाएर आफ्नो सस्कृती परम्परा एक आपसमा आदन–प्रदान गर्ने लगायतका लक्ष्य आफूहरुले लिएको मकाजुले बताए ।

कार्यक्रममा देवगण तथा दैत्यनाच, सांगीतिक प्रस्तुत हुने बताइएको छ । पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष बद्रिराज तिमल्सिनाले कार्यक्रमले जिल्लाको गौरव बढाउने बताए । युवाहरु नै सक्रिय सहभागी भएर लागेकोले कार्यक्रमको विशेष अर्थ रहेको उनले बताए ।

थप