नेपालमै पहिलो  "किशोरी सँग उपमेयर " कार्यक्रम सञ्चालन गर्दै - उपमेयर रेखा सापकोटा दाहाल

  •   २ वर्ष अघि | २४ मंसिर २०७८, शुक्रबार,    

काभ्रे । बनेपा नगरपालिकामा नेपालमा नै पहिलो कार्यक्रम अन्तर्गत किशोरी सँग उपमेयर कार्यक्रम सुरु भएको छ।
किशोरी सँग उपमेयर कार्यक्रममा नगरभित्र रहेका किशोरी हरुको समूह बनाइ विभिन्न कार्यक्रम हरु सञ्चालनमा आउने उप- प्रमुख रेखा सापकोटा दाहालले बताउनुभयो ।
यो कार्यक्रम अन्तर्गत महिना महिनामा भेला भएर मासिक बचत समेत गर्ने गरेको उहाँले बताउनुभयो । कार्यक्रम ले किशोरी हरुको मनोबल बडाउने , आत्मनिर्भर हुन प्रेरित गर्ने , डिपरिसन बाट जोगाउने , आत्महत्या जस्ता दुर्घटना हुन नदिनको लागि सचेतना कार्यक्रम पनि गरिएको र अहिले सम्म नौ वटा समूह बनाईसकेको  उपप्रमुख रेखा सापकोटा दाहालले बताउनुभयो ।

 कार्यक्रम उप-प्रमुख  रेखा सापकाेटा दाहाल सहभागी भई  किशोरीहरुसँग उपप्रमुख कार्यक्रम अन्तर्गत ३ दिने जीवन उपयोगी  तालिम वडा नं  ८ मा  २५ जना किशोरीकाे समूह बनाइ  सुरु गरिएको थियो। कार्यक्रममा बनेपा नगरपालिकाका उप-प्रमुख रेखा सापकाेटा दाहाल  जनप्रतिनिधि  गंगा  बर्देवा ,  श्याम मानन्धर  तथा बनेपा नगरपालिका महिला शाखा बाट  बिजया सुवेदी र निर्मला कार्कीको उपस्थिति थियोे । 

थप