निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

बनेपा नगरपालिकामा सहकारी संस्था दर्ता तथा कार्यक्षेत्र विस्तार विषयक कार्यशाला गोष्ठी सम्पन्न 

  •   ५ वर्ष अघि | २७ मंसिर २०७८, सोमवार,    

काभ्रे । बनेपा नगरपालिका मा नयाँ बचत तथा ऋण सहकारी दर्ता गर्ने नसकिने गोष्ठीमा मा धारणा आएको  छ।

प्रमुख प्रशासकीय अधिकृत कविराज उप्रेतीले भन्नुभयो  बनेपा नगरपालिकामा सहकारी नियमन र व्यवस्थापनमा चुनौती छ।  सबै प्रकारका गरेर २३० वटा सहकारी कहाँ छन् कस्तो अबस्थामा छन्  भन्ने पत्तो छैन।
पुरानो सहकारीहरुको सबैको डाटा राखेर मात्रै सहकारी आवश्यकता अनुसार र सहकारी नियमावली अनुसार  नयाँ सहकारी दर्ता गर्ने सकिन्छ उहाँले थप्नुभयो।
उक्त कार्यक्रममा बोल्दै बनेपा नगरपालिका प्रमुख लक्ष्मि नरहसिंह बादेले भन्नुभयो सहकारी समन्धि मुल उद्देश्य प्रवाह गर्ने र सहकारी लाई व्यवस्थापन गर्ने नियमन गर्दै अगाडि बढ्न सुझाव दिनुभयो ।

नगरप्रमुख लक्ष्मि नरहसिंह वादे ले भन्नुभयो समस्या नै खडा भयो , लान्छना र विरोध गर्छन्  , सहकारी दर्ता र कार्यक्षेत्र विस्तार को लागि के गर्ने सकिन्छ नियमावली अनुसार  उपाय निकाल्नु पर्यो र भएका सहकारी लाई नियमित अनुगमन र नियमन गर्नुपर्यो ।
कार्यक्रममा बनेपा नगरपालिका सहकारी व्यवस्थापन समितिका संयोजक सागरनाथ कपालिले बनेपामा बचत तथा ऋण १४० वटा भन्दा धेरै छन् । हामीले भएका सहकारी लाई नियमन र अनुगमन गरि नगरपालिकाको दायरामा लेराउने काम गरिरहेका छौ ।अहिलेको अबस्थामा नयाँ बचत तथा ऋण दर्ता गर्ने गाह्रो हुने बताउनुभयो । कार्यक्रममा बनेपा नगरपालिका उप - प्रमुख रेखा सापकोटा दाहाल, धुर्ब नेपाल ,वडा अध्यक्ष हरु र सहकारी कर्मि हरुको उपस्थिति थियो ।
 बनेपामा भएका सहकारीको संख्या यसप्रकार छ।
बचत -१४०
कृषि -३४
बहुउद्देश्यीय -२६
गरि २१६ सहकारी बनेपामा छन्।

कार्यक्रममा पुर्व सहकारी विभागका विज्ञ सुरेन्द्र राज पौडेडले  भन्नुभयो अनुगमन र नियमन गर्ने , सहकारी समन्धि जानकार व्यक्ति सहकारीमा हुनु पर्ने ,सहकारीको नियमावली  तीन बटै सरकारमा उल्लेख छ। 
बनेपा नगरपालिका भित्र भएका सहकारी हरुलाई नगरपालिकाले दर्ता वा खारेजी जे  पनि गर्ने सक्छ उहाँले भन्नुभयो  । 
दोस्रो विश्व युद्ध पछि सहकारीको बिकास भएको हो। 
उपभोक्त भण्डार को रुपमा सहकारी  विकसित भएको हो।
सहकारी का किसिम (नियम ११)
उत्पादक, उपभोक्ता, श्रमिक र वित्तीय ,बहुउद्देश्यीय मात्र हुन ।
सहकारी संस्था को दर्ता / गठन गर्नका लागि 
नेपालीको संविधान - प्रस्तावना, आर्थिक उद्देश्य लगायत ,सहकारी ऐन २०७४ र नियमावली २०७५ , कम्तीमा ३० जना नेपाली नागरिक भएर दर्ता गर्ने सकिन्छ ।

थप