बनेपा वडा नं ९ का अध्यक्ष नृपेश बादे १५ लाख घुस सहित रंङ्गेहात पक्राउ

  •   ३ महिना अघि | ३ माघ २०८०, बुधबार,     एक्टिभ मिडिया संवाददाता

काभ्रे । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १५ लाख घुससहित काभ्रेको बनेपा नगरपालिका-९ का वडाध्यक्ष बादेलाई नियन्त्रणमा लिएको छ ।

घर बाटो सिफारिस गर्ने प्रयोजनको लागि १५ लाख घुस (रिसवत) लिइसकेको अवस्थामा वडाध्यक्ष ४२ वर्षीय नृपेश बादेलाई बुधबार राति भक्तपुर मध्यपुर ठिमी नगरपालिका-३ गठ्ठाघरबाट नियन्त्रणमा लिएको अख्तियारले जनाएको  छ ।

वडाध्यक्ष बादेसँगै आएको बा ७ च १२९ न. को कार चालक सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका वडा न. ७ मिलनटारका ३१ वर्षीय पदमबहादुर प्रधानलाई समेत गाडीसहित नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।

थप