काठमाडौ । नेपाल विद्युत प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङको कमजोरीका कारण भारतबाट आउन रोकिएको विद्युत फेरि आयात हुन थालेका छ । भारतबाट फेरि बिद्युत् आउन थालेपछि उद्योग क्षेत्रमा भइरहेको लोडसेडिङ झण्डै आधाले घटेको छ ।
प्राधिकरणमा हितेन्द्रदेव शाक्य कार्यकारी निर्देशक बनेलगत्तै उद्योगहरूमा भइरहेको लोडसेडिङ झण्डै आधा घटेको हो । भारतले विद्युत दिएपछि बिहीवार रातिदेखि नै लोडसेडिङ ८ घण्टामा झरेको उद्योगीहरूले बताएका छन् ।