नेकपा एमाले धुलिखेलले ल्याएको घोषणा पत्र यस्तो छ (पुर्णपाठ)

  •   २ वर्ष अघि | १५ बैशाख २०७९, बिहिबार,     एक्टिभ मिडिया संवाददाता

सुशासनसमृद्धि र समाजवादको आधार

  धुलिखेल नगरमा एमालेको सरकार
आदरणीय बुवा आमा, दिदीबहिनी तथा दाजुभाइ
नयाँ बर्ष २०७९ को आगमनसँगै आगामी बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनको अवसरमा नेकपा (एमाले) धुलिखेल नगर कमिटि, सम्पूर्ण आदरणीय आमा बुबा दाजुभाइ तथा दिदीबिहनीहरुमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछ। राष्ट्रियताको रक्षा, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना तथा समाजवाद स्थापनाको लागि भएका आन्दोलन र क्रान्तिमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नु हुने अदरणीय अमर शहीदहरूप्रति नेकपा एमाले धुलिखेल नगर कमिटि भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ। सार्वभौम नेपाली जनताले निर्माण गरेको नेपालको संविधान कार्यान्वयनको महत्वपूर्ण चरण र नयाँ युगको थालनीको रुपमा स्थानीय तहको दोस्रो निर्वाचन हुँदैछ। यसले संघीयता, समृद्धि र समाजवादको आधारशीलाको निर्माणमा थप योगदान गर्नेछ। यस ऐतिहासिक अवसरमा नेकपा (एमाले) समृद्ध र सबल धुलिखेल निर्माणका निम्ति प्रतिबद्धता र सङ्कल्प सहित यो घोषणापत्र जारी गर्दछ। जनताको स्वशासन प्रत्याभूत गर्दै जनताको घर,आँगनमा पुग्न सके मात्रै लोकतन्त्रले सार्थकता पाउने मान्यतामा उभिएर नेकपा (एमाले) सधैं अधिकार सम्पन्न स्थानीय सरकारको पक्षमा दृढताका साथ उभिदै आएको छ। नेकपा (एमाले) नेपाली जनताको सच्चा प्रतिनिधि तथा राष्ट्रको अग्रगमन र समृद्धिका निम्ति मुख्य राजनीतिक शक्ति हो। माक्सवाद–लेनिनवाद र जनताको बहुदलीय जनवादको सिद्धान्तका आधारमा राष्ट्रिय राजनीतिलाई मार्गदर्शन गरिरहेको यो पार्टी लोकतान्त्रिक आन्दोलनको नेतृत्वदायी शक्ति र कम्युनिष्ट आन्दोलनको मूलधार हो। सामाजिक–आर्थिक रुपान्तरणका माध्यमबाट सामाजिक न्यायमा आधारित, लोकतान्त्रिक, बहुलवादी, खुला, प्रतिस्पर्धात्मक, आर्थिक रुपले समृद्ध र उच्चस्तरको संस्कृतियुक्त नेपाली विशेषताको समाजवाद निर्माण गर्न नेकपा (एमाले) दृढ प्रतिज्ञ छ।
यही मान्यतालाई आत्मसाथ गर्दै २०७४ को पहिलो स्थानीय तहको निर्वाचनमा धुलिखेल नगरका आदरणीय आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरुले हाम्रो पार्टी नेकपा एमालेलाई अत्यधिक बहुमतकासाथ बिजय गराउँनु भयो। यसका लागि नेकपा एमाले धुलिखेल नगर कमिटि हार्दिक धन्यवाद दिन चाहान्छ। यस दौरानमा हाम्रो पार्टीबाट बिजय हुनु भएका जनप्रतिनिधिहरुले नगरको समग्र विकासमा खेलेको भूमिका आमजनताहरु समक्ष घाम जतिकै छर्लङ्ग छ। देश सघीय शासन प्रणालीमा रुपान्तरण भएको र स्थानीय तह सञ्चालनका लागि सविधानले ब्यवस्था गरेका एकल अधिकारहरु तथा प्रदेश र संघको साझा अधिकारको कार्यन्वयनको चुनौतिको अवस्थामा हामीले नगरमा प्रवेश गरेका थियौ। नगरपालिकाको जनशक्ति ब्यस्थापनका साथै सविधानले व्यवस्था गरेको एकल अधिकार क्षेत्रहरुमा कानूनी संरचना (ऐन, नियम) निर्माण गरी विधि निर्माण गर्ने पहिलो दायित्व हामीसग थियो। यसका साथ साथै जनताहरुलाई दिनु पर्ने सेवा तथा नगरका विकासहरुलाई समेत सँगसँगै लैजानु हाम्रो कर्तब्य थियो। यस कामलाई हामीले उत्कृष्ट ढङ्गले सम्पादन गर्न सफल भयौँ। पूर्वाधार निर्माण, खानेपानी, शिक्षा, स्वास्थ्य विकास आयआर्जन कृषि तथा पशु विकास तथा आय आर्जन र गरिवी निवारणमा नगरले उल्लेख्य प्रगति गरेको कुरा हामीले यस घोषाणा पत्रमा समावेश गरेका छौँ।
हामी जुन रफ्तारमा कार्य सम्पादन गरी रहेका थियौ विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड–१९ को कारण करिव दुई बर्ष काममा समेत प्रभाव पर्न गएको सर्वविदितै छ। यसका अलावा संघीय सरकारमा हामीले गरिरहेको नेतृत्वमा “जनादेशको विस्थापन र परमादेशको शासन” मा भएको सरकार परिवर्तनले समेत ठूलो प्रभाव पुग्न गयो। हाल गठबन्धनको नाममा बनेको सरकारबाट जनतालाई राहतको त कुरै छोडौ महङ्गी र कालोबजारीका साथै मूल्य बृद्धिले थिलथिलो बनाएको विषय यहाँहरुलाई विदितै छ।
आदरणीय मतदाताज्यूहरु हामीले ५ बर्षमा नगरको समग्र विकासका आधारशीलाहरु निर्माण गरेका छौ। यसको पुर्णता भएमा मात्र नगरको आर्थिक सामाजिक तथा गरीवी निवारणमा हामीले राखेको लक्ष्य पूरा गर्न सक्छौ। त्यसैले यसका लागि यहाँहरुले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा हाम्रो पार्टी नेकपा एमालेको सूर्य ध्वजावाहक उमेदवारहरुलाई अत्यधिक बहुमतका साथ बिजय गराउँनका लागि आम धुलिखेल नगरका आमा बुबा दाजुभाइ दिदी बहिनीहरुमा हार्दिक अनुरोध गर्दछौ।
हाम्रो सङकल्प

हाम्रा जनप्रतिनिधिहरु शासक होइन, जनताका सेवक भएर काम गर्नेछन्।


हाम्रा जनप्रतिनिधिहरु सामाजिक जागरण र विकासका अभियान्ता भएर काम गर्नेछन्।


हाम्रो नगर सुशासनको नमूना नगर बन्नेछ।


हाम्रा जनप्रतिनिधिहरुले आफूले कुनै भ्रष्टाचार गर्नेछैनन् र कडाइका साथ भ्रष्टाचार नियन्त्रण गर्नेछन्।


पाँच बर्ष भित्रमा दीगो विकास लक्ष्यका सबै सूचकहरु पूरा गरी स्वास्थ्य, शिक्षा, कृषि, आर्थिक, बाताबरणमा र गरिबि निबारणको क्षेत्रमा उल्लेख्य सुधार गरी नगरलाई दीगो विकास लक्ष्य पूरा गरिएको नगर घोषणा गरिनेछ।


नेकपा एमालेलाइ नै किन भोट ?

 किनभने…….       

नेकपा एमालेसँग सही विचार छ।


नेकपा एमालेले जनमुखी सरकारको दृष्टान्त प्रस्तुत गरेकोछ।


नेकपा एमाले हरेक आन्दोलनको अगुवाई गरेकोछ।


नेकपा एमाले शान्ति प्रक्रियाको पहलकर्ता हो।


नेकपा एमालेले संविधान निर्माणको अगुवाई गरेकोछ।


राज्य निर्माण र समृद्ध नेपालको सपना नेकपा एमालेसँगछ।


नेकपा एमालेले प्रगतिशील राष्ट्रवादको अगुवाइ गरिरहेकोछ।


नेकपा एमालेले स्थानीय तहलाई स्रोत, साधन र अधिकार सम्पन्न बनाउँदै स्थानीय सरकारको रुपमा स्थापित गर्न चाहन्छ।


धुलिखेल नगरपालिकामा नेकपा एमालेको नेतृत्वमा स्थानीय सरकार सञ्चालन भएपछि गरेका प्रमुख उपलब्धिहरु:

नमुना शहरको रुपमा अगाडि बढ्दै:

शिक्षा बाल विकास र सरसफाईको क्षेत्रमा उल्ख्य सुधार गरी साक्षर नगर घोषणा, जिल्लाको पहिलो बालमैत्री नगर घोषणा, खुल्ला दिशामुक्त नगर घोषणा गरिएको।


भौतिक विकास:

कालोपत्रे सडक ३४ कि.मी., ग्राभेल सडक ७१ कि.मी., कच्ची मौसमी सडक ३२० कि.मी. र ढलान सडक ५ कि.मी. थप निर्माण गरिएको। 

थप