काभ्रे – बनेपा नगरपालिका वडा नं. १ काे ब्याङ ढुङ्गा लामिछानेगाउँ-कलमसी-नगरकाेट सडक पिचको काम धमाधम भैरहेको छ ।
उक्त पिच निरीक्षणमा बनेपा नगर प्रमुख लक्ष्मी नरहसिंह बादे प्रमुख प्रशासकीय अधिकृत कबिराज उप्रेती, जिल्ला समन्वय समिति सदस्य बिकास मगारन्ती, कार्यपालिका सदस्य प्रमिला पाण्डे लगायतको टोलिले उक्त सडककाे निरिक्षण गरेको थियो । 
नेकपा एमालेका पाेलिटब्युराे सदस्य तथा पुर्व मन्त्री गाेकुल बास्काेटाकाे पहलमा शहरी बिकास मन्त्रालय बाट १ कराेड ३० लाख बजेट निकास गरि वडा नं. १ मा पिचको काम भैरहेको छ ।
कालाेपत्रे ३८० मिटर, ९० मिटर ढलान र ११ सय मिटर साईड ड्रेनकाे काम सम्पन्न भएकाे छ ।
निरन्तर खबरदारीता न्यायीक पत्रकारीता
बनेपा नगरको हरेक क्षेत्र धमाधम कालोपत्रे हुदै : विकासमा सक्रियता बढाउदै मेयर बादे
- ५ वर्ष अघि | १० फाल्गुन २०७८, मङ्लबार,