निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

लायन्स उद्यमी नमुना गाँउ किमाडाेल काभ्रेको समुदघाटन- मेयर भिम न्यौपानेको हातबाट

  •   ५ वर्ष अघि | ८ असोज २०७८, शुक्रबार,    

 काभ्रे । काभ्रेपलान्चोक जिल्लामा LCI District 325 B1नेपालको यो बर्षको मुख्य कार्यक्रम  लायन्स उद्यमी नमुना  गाँउ बनाउने लक्ष्य पूरा गरेको छ।
 काभ्रे  जिल्लाको पनौति नगरपालिका-२, स्थित  किमाडाेल  गाउँ लाई लायन्स उद्यमी गाउँ घोषणा  पनौती नगरपालिकाका मेयर भिम न्यौपाने  ज्युको प्रमुख आतिथ्यता,  District governor  Lion Bisheswor Acharya  ज्यु सहित लायन्स लिडरहरु र स्थानीय सरकारका प्रतिनिधिको विशेष उपस्थितिमा  भव्य कार्यक्रमका बिच समुद्‌घाटन  सम्पन्न गरिएको छ ।


जिल्लाको यो महत्त्वपूर्ण कार्यक्रम सम्पन्न गर्न सक्रिय भुमिका  काभ्रे  मोडल भिलेज चिफ लायन पवन कुमार थापा   सहित कमिटीका सम्पुर्ण साथीहरुको सहभागीता र सम्पुर्ण क्लबका साथीहरू सहित सहभागी स्थानीय जनता  तथा स्थानीय पातिखोरिया कृषि सहकारी सस्था परिवारलाई जिल्लाको तर्फबाट हार्दिक आभार एंवम  कृतज्ञता  ज्ञापन गरिएको छ।

थप