भुम्लु गाउँपालिकाले प्रेस विज्ञप्ती मार्फत भन्यो:तथ्यहिन कुराले चरित्र हत्या गरियो

  •   ३ वर्ष अघि | २५ साउन २०७८, सोमवार,    

काभ्रे। जिल्ला भुम्लु गाउँपालिकाका अध्यक्ष गुमानध्वज कुंवरले आफ्नो चरित्र हत्या गर्न खोजेको भन्दै विज्ञप्ती मार्फत त्यसको घोर भत्र्सना गरेको छ ।
गाउपालिकाको  विज्ञप्तिमा भनिएको छ २०७८ साल श्रावण महिनाको २४ गतेका दिन काभ्रेपलाञ्चोक जिल्लाबाट प्रकाशित विभिन्न अनलाईन मिडिया तथा सामाजिक सञ्जाँलमा गाउँपालिका अध्यक्षले कार्यकक्षमा सेवाग्राहीलाई हातपात गरेको भन्ने प्रकाशित समाचार प्रति यस भुम्लु गाउँपालिकाको गम्भिर ध्यानाकर्षण भएको जानकारी गरिएको छ ।

यस्तो छ प्रेस नोट

यसरी नभएको नगरेको घटनाको काल्पानिक समाचार तयार गरी जनप्रतिनिधिलाई चरित्र हत्या एंव गाउँपालिकाको मानमर्दन हुने गरी दुराषयपूर्ण अभिप्राय राखी प्रकाशित गरिएको समाचार प्रति यस गाउँपालिका घोरभत्सर्ना गर्दछ । साथै सम्बन्धित पक्षलाई कुटपिट गरेको अरोप पुष्टि गर्न चुनौती दिन चाहान्छौँ । स्मरण रहोस् यस भुम्लु गाउँपालिकामा हामी निवार्चित भए पछि हाल सम्म गाउँपालिकाबाट सुशासन, जवाफदेहिता, पारदर्शिता तथा विधि प्रक्रियालाई आत्मसाथ गर्दै जनतालाई सर्वसुलभ सेवा दिनु हाम्रो दायित्व हो यो दायित्वबाट हामी रतिभर विचलित छैनौ। अतः हिजो प्रकाशित समाचारका विषयमा आम जनता र सञ्चारकर्मीलाई बास्तविकता स्पष्ट पार्न चाहान्छौ ।
यस गाउँपालिकाको वडा न ४ को काभ्रे भन्ने स्थानमा आ व ०७७।०७८ को गाउँसभाबाट काभ्रे सिमपाल कृषि सडक निर्माणका लागि दुई लाख बजेट विनियोजन भएकोमा सो कार्य गर्न नियमानुसार समिति गठन भई समितिले मिति २०७८।३।२ मा निर्माण कार्य गरिरेहेको बेलामा सम्बन्धित जग्गा धनी पृथ्वी बहादुर कुवँर र निजको छोरा तुलसी बहादुर कुवँर समितिको पदाधिकारी विच झैझगडा भई समितिको पदाधिकारीलाई हसियाँ प्रहार गरी घाईते बनाईएको, सो विषयमा जिल्ला प्रहरी कार्यालमा निवेदन दर्ता भएकोमा गाउँपालिका अध्यक्षको रोहवरमा छलफल गराएको र जिल्ला प्रहरी कार्यालयमा मिलापत्र गराई घटना साम्य भईसकेको थियो। सोही घटनालाई अतिरन्जित गरी वडा कार्यालयमा विवाद समाधान नभई गाउँपालिकामा उपभोक्ता समिति तथा निज जग्गा धनी बिच छलफल गरेको अवस्थामा दुवै पक्ष बिच भनाभन हुँदा सम्झाई वुझाई गर्ने क्रममा निज पृथ्वी बहादुर कुवँरले उत्तेजित भई वडाअध्यक्षलाइ असामाजिक भाषा प्रयोग गरेकोमा त्यसो नगर्नु भनी सम्झाउने क्रममा बैठक कक्षबाट बाहिर निस्किएर घटनालाई बढाईचढाई गरेको मात्र हो । गाउँपालिका अध्यक्षले गर्दै नगरेको कार्यलाई कुटपिट गरेको भनी राजनीतिक रुपमा दुराषयपूर्ण अभिप्राय राखि प्रकाशित गरिएको समाचार प्रति यस गाउँपालिका घोरभत्सर्ना गर्दछ । गाउँपालिका अध्यक्षलाई औपचारिक सूचना नमागी फोटो सहित गलत मनोवृतिबाट प्रायोजित भइ मनोगत मिथ्याको भ्रममा आधारित विषयमा प्रकाशित भएको समाचारले अध्यक्षको ब्याक्तिगत चरित्रहत्या तथा गाउँपालिकाको गम्भिररुपले मानहानी भएकोले उक्त कपोलकल्पित भ्रामक समाचारको खण्डन तथा भत्सर्ना गर्दै सार्वजनिक रुपमा यो विज्ञप्ति जारी गरेको कुरा उल्लेख छ ।

थप