भुम्लु गाउँपालिकाले गर्यो वृद्व वृद्धालाई सम्मान

  •   २ वर्ष अघि | २४ फाल्गुन २०७८, मङ्लबार,    

काभ्रेपलान्चोक – भुम्लु गाउँपालिकाले आफ्नो पालिका भरी रहेका वृद्व वृद्धा लाई सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

आज भुम्लु गाउँपालिकाको कार्यालयमा एक कार्यक्रमका बीच गाउँपालिकाको अध्यक्ष गुमानध्वज कुँवरको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा पालिका प्रमुख गुमानध्वज कुँवरले पानसमा बत्ति बाली कार्यक्रमको उद्घाटन गर्नु भएको थियो ।

कार्यक्रम बोल्दै भुम्लु गाउँपालिकाको अध्यक्ष गुमानध्वज कुँवरले वृद्व वृद्धा लाई केही समस्य परेमा पालिकामा आउन समेत आग्रह गर्नु भएको थियो 
कार्यक्रममा भुम्लु गाउँपालिकाको उप-प्रमुख कल्पना श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत ढाकाराम अर्याल, कर्मचारी र स्थानीयको उपस्थिति रहेको थियो ।

थप