निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

चामुण्डा देविको चौथो बार्षिक उत्सव सम्पन्न

  •   २ वर्ष अघि | ३१ साउन २०८१, बिहिबार,     मणिराम दाहाल

काभ्रे । ऐतिहासिक महत्त्व बोकेको बनेपा नगरपालिका वडा नं ३ टुसालमा रहेको चामुण्डा देविको चौथो बार्षिक उत्सव सम्पन्न भएको छ।

परापुर्ब कालदेखि चामुण्डा देविलाई  पुजा आराधना गरि आएको बनेपा नगरपालिका वडा नं ३ टुसालको  ठुलाेबनमा चामुण्डा देविकाे पुरातात्त्विक मन्दिर रहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष उदय केसिले बताउनुभयो ।

उक्त क्षेत्र धार्मिक ,पर्यटनको हिसाबले महत्त्वपूर्ण रहेको र बनेपा बाट चार किटोमिटरको दुरिमा रहेको चामुण्डा देविको दर्शन गर्ने र प्रचारप्रसार गर्न समेत मन्दिर व्यवस्थापन समितिका अध्यक्षले अपिल गर्नुभएको छ।

कार्यक्रममा पुर्व बागमती प्रदेश कृषि तथा पशुपंछि मन्त्री बसुन्धरा हुमगाई लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

थप