निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

कृष्ण जन्माअष्टमिको अवसरमा बनेपा ११ शान्ति पार्कमा भोलि कन्या पुजा गरिदै

  •   २ वर्ष अघि | ९ भदौ २०८१, आइतवार,     मणिराम दाहाल

काभ्रे । बनेपा नगरपालिका वडा नं ११ मा नवनिर्मित राधाकृष्ण मन्दिरमा भोलि कन्या पुजा हुने भएको हो।

कृष्ण जन्म अष्टमीको अवसरमा कन्या पुजा गरिने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष वलदेव अधिकारीले जानकारी दिनुभयो ।

बनेपा वडा नं ११ खोले खेतमा शान्ति पार्क निर्माणाधीन अवस्थामा भएपनि राधाकृष्ण मन्दिरको भने हिजो उद्घाटन गरिएको हो। 

राधाकृष्ण को मुर्तिलाई बाजागाजा सहित मन्दिर प्रवेश गराइएको थियोे ।

धार्मिक महत्त्व झल्काउने गरि परापूर्व कालदेखि गरिदै आएको कन्या पुजालाई निरन्तरता दिन खोजिएको र कन्या पुजामा करिब  ३०० जना कन्या पुजा गरिने अनुमान गरिएको मन्दिर व्यवस्थापन समितिका सचिव रामकेशर थापाले बताउनुभयो ।

भोलि ठिक ११ बजे राधाकृष्ण मन्दिर शान्ति पार्कमा कन्या पुजा हुने र सम्पूर्ण कन्या हरुलाई पुजामा निमन्त्रणा गरिसकिएको पनि थापाले जानकारी दिनुभयो ।


थप