एकै दिन दुई धार्मिक सम्पदाको शिलान्यास गर्दै -बनेपा नगरप्रमुख लक्ष्मी वादे

  •   २ वर्ष अघि | ३ माघ २०७८, सोमवार,    

काभ्रेपलान्चोक – बनेपा नगरपालिका वडा नं. १३ मा रहेको बासूकी सामुदायीक वनमा धार्मिक पर्यटन प्रर्वद्धन गर्ने उदेश्यले पञ्चकन्या सेती देवी मन्दिरको शिल्यान्यास गरिएको छ ।
आज एक कार्यक्रमका बीच जिल्ला समन्वय प्रमुख र बनेपा नगरपालिका प्रमुख लक्ष्मी नरसिंह बादेले शिल्यान्यास गर्नु भएको हो । कार्यक्रममा बनेपा नगरपालिका उप-प्रमुख रेखा सापकोटा दाहाल, वडा अध्यक्ष सुर्य नारायण नापित, कार्यपालिका सदस्य सुरेन्द्र भुजेल, वडा सदस्यहरु र स्थानिय बासीहरुको सहभागितामा पञ्चकन्या सेती देवी मन्दिरको शिल्यान्यास गरिएको छ ।                  
पञ्चकन्या सेती देवी मन्दिर निमार्णका लागी नगरपालिका बाट ७ लाख र थप रकम उपभोक्ता बाट निमार्ण गरिने उपभोक्ता समितीका अध्यक्ष कृष्णबहादुर भुजेलले बताउनु भयो ।
त्यसै गरी बनेपा नगरपालिका वडा नं. ७ को वाकु टोलमा रहेको २ सय ३० वर्ष पुरानो गणेश मन्दिरको पुनर्निमाण लागी नगर प्रमुख लक्ष्मी नरसिं बादेले आज नै शिल्यान्याश गर्नु भएको छ । उक्त शिल्यान्यास कार्यक्रममा उप-प्रमुख रेखा सापकोटा दाहाल, बनेपा नगरपालिका वडा नं. ५ अध्यक्ष बलराम अधिकारी, वडा नं. ७ का वडा अध्यक्ष बर्ण शाक्य, वडा सदस्यहरु लगाएतको सहभागिता रहेको थियो ।  
गणेशको मन्दिर निर्माणका लागी नगरपालिका बाट २० लाख, ७ नं. वडा बाट २ लाख, उपभोक्ता बाट २२ लाख गरी ४४ लाखमा निमार्ण गरिने उपभोक्ता समितीका अध्यक्ष शोक सुधार भैलले जानकारी दिनु भयो ।

थप