काभ्रेपलान्चोक - झिगु सहयोगी बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १५ वाषिर्कोत्सवमा ४१ जना वृद्व वृद्धालाई सम्मान गरि कार्यक्रम सम्पन्न गरेको छ ।
आज बनेपाको पार्टी भेनुमा एक कार्यक्रमका बीच सहकारीका अध्यक्ष बुद्धरत्न मानन्धरको सभापतित्वमा प्रमुख अतिथि बनेपा नगरपालिका मेयर लक्ष्मी नरसिंह बादेले पानसमा बत्ति बालेर कार्यक्रम को उद्घाटन गर्नुभएको थियो । कार्यक्रम बोल्दै बादेले वृद्व वृद्धा लाई केही समस्य परेमा नगरपालिका आउन आग्रह समेत गर्नु भएको थियो । उक्त कार्यक्रममा बादेले नचलेका नामको मात्रै भएका सहकारी लाई हटाउने बताउनु भयो । 
कार्यक्रममा कोषाध्यक्ष नवराज मानन्धरले स्वागत मन्तव्य राख्दै झिगु सहकारीको नाम नै सहयोगी रहेकोे बताउदै यस संस्थाले सबै सहकारीका सदस्यहरु लाई जस्तो सुकै परिस्थितिमा पनि सकेको सहयोग गर्ने बताउनु भयो ।
उहाँले भन्नू भयो अन्य बेलामा पनि विभिन्न ठाउँमा खानेपानीको व्यवस्था, चण्डेश्वरी जात्रामा निशुल्क खानेपानी, तिर्थाटन जस्ता सामाजिक कार्य गरेर सहकारीले धेरैको मन जितेको बताउनु भयो ।
१०१ वर्ष की दिलबेटी मानन्धर लगायत ४१ जना वृद्व वृद्धाहरु लाई सम्मान पत्र सहित दोसल्ला र ज्याकेट दिएर सम्मान गरिएको थियो ।
झिगु सहयोगी बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष टीका राम मानन्धर, सचीव दिपा ताम्राकार मानन्धर, प्रबन्ध बुद्ध काजी मानन्धर लगायत सदस्यहरुको उपस्थिति रहेको थियो ।