निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

काभ्रे भिमसेन मन्दिर मौलिकता बोकेको मन्दिर बन्नेछ - मेयर वादे

  •   ५ वर्ष अघि | ६ मंसिर २०७८, सोमवार,    

काभ्रे। काभ्रेपलान्चोक जिल्ला बनेपा नगरपालिका वडा नं ३ मा रहेको काभ्रे भिमसेन मन्दिरको निर्माणका लागि गोलो सिढी बनाउने कार्य सकिएको छ। पर्यटकीय आकर्षकको निमित गोलो सिढी बनाउने र पिकनिक स्पोर्ट्स तयार गरि दैनिक  १००० अौ आन्तरिक र बिदेशी पर्यटक भित्र्याउने प्रमुख उद्देश्य रहेको छ।
उक्त स्थानको अवलोकन गर्दै बनेपा नगरपालिका प्रमुखले भन्नुभयो हामीले पर्यटन सँगै हाम्रो मौलिकता लाई पनि सँगसँगै लगेर काभ्रे भिमसेन मन्दिर लाई मौलिक मन्दिर बनाउने र पर्यटक हरुलाई सहज तरिकाले भित्र्याउने नगरपालिकाको विशेष योजना रहेको र काभ्रे भिमसेन मन्दिर क्षेत्रको पर्यटन प्रवर्द्धन र विकासमा विशेष पहल गर्ने  बताउनुभयो ।
 प्राकृतिक हिसाबले मनोमहक क्षेत्र अन्तर्गत पर्दछ।
बनेपा नगरपालिका बाट ९ किलोमिटर को दुरीमा पर्ने पर्यटकीय क्षेत्र काभ्रे भिमसेन मन्दिर १०० बर्ष अगाडिदेखि को इतिहास बोकेको एक धार्मिक क्षेत्र हो।बनेपा नगरपालिका वडा नं ३ ससिपानीमा रहेको काभ्रे भिमसेन मन्दिर को बाहिरी गोलो सिडि लगाउने कार्य सम्पन्न भएको छ।
उक्त कार्यको निरीक्षणमा बनेपा नगरपालिका का मेयर लक्ष्मी नरहसिंह बादे , उपमेयर रेखा सापकोटा दाहाल ,वडा अध्यक्ष कृष्णप्रसाद दाहाल ,पुर्व नगर कमिटी सचिव सागरनाथ कपाली ,सदस्य बुद्धिमान तामाङ , मैयाँ दाहाल ,लगायतका व्यक्तिहरुले अवलोकन भम्रण गर्नुभएको थियो । आवश्यक निर्माणकार्य को लागि नगरपालिकाले काभ्रे भिमसेन मन्दिर पर्यटन प्रवर्द्धन विकासको लागि आवश्यकता हेरेर  रकम विनियोजन गरिदिने मेयर वादे ले बताउनुभयो ।
यस क्षेत्रबाट देखिने सर्वोच्च शिखर सगरमाथा ,पाचँखालको फाट, धुलिखेल को डाडाँ,काशिभञ्जाङको सौर्न्दर्य ,बासुकि नागको इतिहास,हरियाली डाडा पाखाले कसको मन मोहित नहोला र यस ठाउँमा जानको लागि नगरकोट बाट ३ किलोमिटर , धुलिखेल टंनचोक हुँदै जाने बाटो , पाचखालबाट अनैकोट हुदै पनि यस काभ्रे भिमसेन मन्दिर आउन सकिन्छ ।
यस क्षेत्रको समग्र विकास गर्ने हो भने यहाको जनतालाई देखाइएको समृद्धिको सपना यहिको उत्पादनले सम्भव छ।
यश क्षेत्रमा कृषि उत्पादन पनि धेरै राम्रो हुन्छ , मुख्य बालिको रुपमा अालु खेतिले मनग्गे आम्दानी गर्ने सकिन्छ । 

थप