युएम बचत तथा ऋण सहकारी संस्थाको एघारौं बार्षिक साधारणसभा

  •   २ वर्ष अघि | २५ भदौ २०७९, शनिबार,     एक्टिभ मिडिया संवाददाता

काभ्रे । बनेपा नगरपालिका वडा नं १० मा रहेको युएम बचत तथा ऋण सहकारी संस्थाको ११ औं बार्षिक साधारणसभा बनेपामा भएको  छ।

१७ हजार सदस्य ९२ करोडको कारोबार चार वटा सहकारीको एकीकरणपछि काभे्रपलाञ्चोक जिल्ला र सिन्धुपाल्चोकबाट सेवा प्रदान गरेको युएम बचत तथा ऋण सहकारी संस्थाको ११ औं साधारण सभा केन्द्रीय कार्यालय बनेपामा भव्य रुपमा सम्पन्न भएको छ ।

उद्योग वाणिज्य संघ काभ्रेका अध्यक्ष राजेन्द्र पछसेले सहकारीको भिडमा युएम बचतले निक्कै राम्रो काम गरिरहेको बताए । उनले सहकारीले बचत तथा ऋणको मात्रै नभएर उद्यमी बनाउन, बजारीकरण गर्ने, सामाजिक उत्तरदायित्व बहन गर्ने जस्ता कार्यहरु गरेकोमा प्रशंसा गरे ।

उनले काभ्रेमा रहेका केही ठूला सहकारीको रुपमा युएम साकोस पर्ने भएकाले सो सहकारीले आफ्नो भवनबाट निक्कै राम्रो सेवा प्रदान गरिरहेको बताए ।

कार्यक्रमका विशिष्ट अतिथी काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष जितेन्द्र नकर्मीले सहकारीले समाजको विकासको ठूलो कार्य गरिरहेको बताए । उनले युएम साकोस प्रतिस्पर्धात्मक रुपमा अघि बढिरहेको बताउँदै सफलताको शुभकामना दिए ।

काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका वडा नं १० पुलबजारमा केन्द्रीय कार्यालय रहेको यु एम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ११ औँ साधारण सभा सभापतित्व संस्थाका अध्यष रामशरण श्रेष्ठले गरेका थिए । काभ्रे र सिन्धुपाल्चोक गरि ८ वटा सेवा केन्द्रबाट यस साकोसले सेवा दिईरहेको साकोसका अध्यक्ष रामशरण श्रेष्ठले जानकारी दिए । यु एम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको शेयर पुँजी पाँच करोड भन्दा बढि रहेको उनले जानकारी दिए ।

आफ्नो सुविधा सम्पन्न भवनमा साधारण सभा सम्पन्न गरेको उक्त साकोसले उत्कृष्ट बचतकर्ता तथा उत्कृष्ट कारोबारीलाई सम्मान समेत गरेको छ । सम्मानित हुनेमा रोनिशा श्रेष्ठ उत्कृष्ट बाल बचतकर्ता, सुर्य रत्न शाक्य उत्कृष्ट बचतकर्ता, बिद्या मानन्धर उत्कृष्ट बचत कर्ता ,सिर्जना बज्बुल उत्कृष्ट नियमित बचतकर्ता रहेका छन् । त्यस्तै कान्छी भुजेल जेष्ठ उत्कृष्ट बचतकर्ता,पुर्णराज खिचा,बिरेन्द्र धिनान्जु उत्कृष्ट कारोबारकर्ताबाट सम्मानित भएका छन् ।

सहकारीका सिइओ रुसन श्रेष्ठले एक बर्षमा संस्थाले गरेको प्रगति प्रतिवेदन पेश गरेका थिए ।

थप