निजी विद्यालयको लुटमा सर्वसाधारण

  •   ११ महिना अघि | ८ बैशाख २०८०, शुक्रबार,     एक्टिभ मिडिया संवाददाता

काभ्रे । सबैजसो निजी विद्यालयमा किताबको लागि ठेक्का ,युनिफर्मको लागि ठेक्का लिएर सर्वसाधारण लाई दुख दिने मनपरि दररेट राखेर मनोपलि गरिरहेको छ। 

काभ्रेमा बनेपा चारडोबाटोमा रहेको सम्पूर्ण युनिफर्मले निजि विद्यालयहरुको ठेक्का लिएर युनिफर्म उपलब्ध गराउने र अरु ठाउँमा  सर्वसाधारणले युनिफर्म सिलाउन नपाउने बाध्यता निजि विद्यालयले पारेको छ।

युनिफर्म उनिहरुको रेटमा किन्नु पर्ने , अनि उनिहरुकै डेटमा लिनु पर्ने १५ , २० दिनमा पनि डेलीभरी दिन नसक्नेलाई निजि विद्यालयले किन दिन्छ ठेक्का कि गरिब सर्वसाधारणको कमिशन विद्यालयले यहाँ बाट पनि लिन्छ यो बुझ्न जरुरी भएको छ।

निजि विद्यालय आफैंमा मंहङ्गो छदैछ, त्यहाँ भन्दा पनि युनिफर्म ,किताब लगायतका चिजहरु विद्यालयको सिफारिसमा किन्नु पर्ने कस्तो बाध्यकारी नियम यो,यसको अनुगमन कस्ले गर्ने सर्वसाधारण जहाँ पनि ठगिनै पर्ने ,लुटिनै पर्ने ?

यस्तो कहिलेसम्म हो । निजिलाइ छोडेर सामुदायिक विद्यालयमा आम जनतालाई सरकारले कहिले विश्वास दिलाउने ,सामुदायिक विद्यालयका शिक्षकले ४० हजार तलब खादा निजि विद्यालयका शिक्षकले १२ हजार खान्छन् । तर पनि आम जनता निजि मा पढाइ राम्रो भनी मरिहत्ते गर्छन् । सरकारले यस्तो कुरामा कहिले ध्यान दिने यो चासोको विषय भएको छ।


थप