निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

जिल्ला प्रहरी कार्यालय काभ्रे, प्रदेशकै सर्वोत्कृष्ट

  •   ३ वर्ष अघि | २६ साउन २०८०, शुक्रबार,     मणिराम दाहाल

काभ्रे ।कामको मुल्यांकनका अनुसार बागमती प्रदेश प्रहरी कार्यलय हेटौंडाले जिल्ला प्रहरी कार्यलय काभ्रे लाई  उत्कृष्ट भनेको छ।

आर्थिक बर्ष ०७९/०८० को कार्यसम्पादन मुल्याङ्कनमा जिल्ला प्रहरी कार्यालय काभ्रे सर्वोत्कृष्ट भएको छ ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले  आयोजना गरेको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय काभ्रे बागमती प्रदेशकै कार्यसम्पादनमा सर्वोत्कृष्ट भएको घोषणा गरेको छ ।

कार्यक्रममा गत आव को कार्यसम्पादन सम्झौताको प्रभावकारी कार्यान्वयनमा प्रथम हुने जिल्ला प्रहरी कार्यालय काभ्रेलाई प्रशंसापत्र तथा नगद पुरस्कारद्धारा सम्मान समेत गरिएको थियो ।

कार्यक्रममा बागमती प्रदेशका जि.प्र.का. नुवाकोट, धादिङ, बागमती प्रदेश प्रहरी तालि केन्द्र दुधौली र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर क्रमशः कार्यसम्पादनमा उत्कृष्ट भएको भन्दै प्रशंसापत्र प्रदान गरिएको थियो ।

चालु आ.व. को लागि बागमती प्रदेश अन्तर्गतका जिल्ला प्रहरी कार्यालय १०. बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौली, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर चितवन, नेपाल प्रहरी विशेष सुरक्षा गण रातोमाटे, बागमती प्रदेश प्रहरी गण हेटौडा गरी जम्मा १४ वटा कार्यालयका प्रमुखहरुसँग प्रदेश प्रहरी प्रमुखले कार्यसम्पादन सम्झौता गरेका थिए ।


जसअन्तर्गत जिल्ला प्रहरी कार्यालयको लागि ३७ वटा, ट्राफिकको लागि २१ र अन्य कार्यालयको लागि १३ वटा वार्षिक कार्यसम्पादन क्रियाकलापहरु प्रदान गरिएको छ ।


कार्यक्रममा राणले अबको आर्थिक वर्षमा बुधबार गरिएको यस वर्षको वार्षिक कार्यसम्पादन सम्झौताको प्रभावकारी कार्यान्वयन गर्ने समेत निर्देशन दिएकी थिईन् ।


थप