ईप्रका बनेपाको "सहकर्मीसंगको विशेष बिहानी"

  •   १२ महिना अघि | ९ बैशाख २०८०, शनिबार,     मणिराम दाहाल

काभ्रे । ईप्रका बनेपामा प्रमुख भएर आएपछि डिएसपी रेशम बोहराले धेरै नै उदाहरणीय कार्य गर्दै आउनुभएको छ।

शान्ति सुरक्षा कायम राख्नु, अपराधिक क्रियाकलाप लाई नियन्त्रण गर्नु, समाजमा सुशासन कायम राख्नु प्रहरीको दायित्व र कर्तव्य भित्र पर्छ। तर बनेपामा यसका अलबा धेरै नै उदाहरणीय कार्यक्रम डिएसपी रेशम बोहराको नेतृत्वले गर्दै आएको छ।

प्रहरी सहकर्मी हरुको मनोबल बढाउनको लागि बनेपाको क्षेत्रमा रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रमा सरसफाइ ,भलिबल ,फुटबल लगायतका खेललाई प्रोत्साहन गर्दै विभिन्न कार्यक्रमहरु गर्दै आएका छन् ।

प्रहरी कर्मचारी लक्षित उत्प्रेरणा अभिवृद्धि" अभियान अन्तर्गत नयाँ वर्ष २०८० को उपलक्ष्यमा "सहकर्मीसंगको विशेष बिहानी" कार्यक्रम गरेको हो।

# प्रहरी कर्मचारीलाई ट्रयाक सुट र स्पोर्टस जुत्ता वितरण

# चण्डेश्वरी- गोसाइँथान सम्पदा हाइकिङ्ग

# १६०० सिढी र मन्दिर सौन्दर्यीकरण

# विविध मनोरञ्जनात्मक खेल गतिविधिहरु

भएका छन्।


थप