नेपाली समाजको मौलिकतालाई समेटेर बनेको वृत्तचित्र ‘लंगौटी’ को विशेष प्रदर्शन आगामी कार्तिक १९ गते शनिबार बनेपाको बामेल सिनेमा हलमा हुने भएको छ ।

  •   १ वर्ष अघि | १५ कार्तिक २०७९, मङ्लबार,     एक्टिभ मिडिया संवाददाता

बनेपा । नेपाली समाजको मौलिकतालाई समेटेर बनेको वृत्तचित्र ‘लंगौटी’ को विशेष प्रदर्शन आगामी कार्तिक १९ गते शनिबार बनेपाको बामेल सिनेमा हलमा हुने भएको छ ।

‘लंगौटी’ संस्कृतिको वृत्तचित्र हो । शिक्षाले आधारभूत आवश्यकताहरू मात्र पूरा गर्दैन, जीवनलाई आनन्द र आत्म–सन्तुष्टिमा पनि बदल्छ भने यसका अतिरिक्त, संस्कृति, हाम्रो चेतना र आध्यात्मिक उन्नतिको विकासको एक महत्त्वपूर्ण पक्ष समेत भएको कुरा यस वृत्तचित्रमा देखाउन खोजिएको निर्देशक सुजन खतिवडा बताउँछन् ।

यो वृत्तचित्रले एउटै समाज र वातावरणमा बसोबास गर्ने विभिन्न समुदायका मानिसहरूबीच हुने भेदभाव र छुवाछुत जस्ता सूक्ष्म मानसिक विकृति र अन्तरविरोधबाट समाजलाई निरुत्साहित गर्ने चेतनापूर्ण सन्देश प्रवाह गर्नेमा निर्देशक खतिवडा ढुक्क रहेका छन् । उनी यस वृत्तचित्रबाट समाजलाई परिचित गराउने प्रयास गरेको बताउँछन् ।

वृत्तचित्र ‘लंगौटी’ आउँदो कार्तिक १९ गते शनिबार बिहान ९ः०० बजे बनेपास्थित पुलबजारमा रहेको बामेल सिनेमा हलमा विशेष प्रदर्शन हुँदैछ । वृत्तचित्रमा उमेश मायालु, आकाश नेपाली, सन्ध्या श्रेष्ठ, बसन्त आचार्य, सुजन खतिवडा, सुशील सैजु, शिव आचार्य, जगत स्टन्ट मेन, निशा कार्की, पुरुषोत्तम नेपाल, रोहित दंगाल, कञ्चन सापकोटा, सुदिप रेग्मी, विनोद तिमिल्सिना, निशा सापकोटा, कुमार थापा, जोसिला विक, अरूण दाहाल, राज दाहाल लगायतका कलाकारको अभिनय रहेको छ ।

प्रज्वल देवाङ्, बासु न्यौपाने र दिनेश मुस्कानको छायांकन रहेको लगौंटीलाई अनन्त घिमिरेले सम्पादन गरेका छन् । नवराज गजुरेलको पटकथा रहेको वृत्तचित्रका सहनिर्माता सुशील सैंजु र शिव आचार्य रहेका छन् भने वृत्तचित्रमा सहनिर्देशनमा मनोज खड्का गरेका छन् ।

थप