चण्डेश्वरी माध्यमिक विद्यालयको ७६ औं वार्षिकोत्सब कार्यक्रम सम्पन्न

  •   २ महिना अघि | १ फाल्गुन २०८०, मङ्लबार,     एक्टिभ मिडिया संवाददाता

काभ्रे । नालामा रहेको चण्डेश्वरी माध्यमिक विद्यालयको ७६ औं वार्षिकोत्सव तथा हीरक जयन्ती समापन कार्यक्रम पुर्व मन्त्री तथा  प्रतिनिधि सभा सांसद गोकुल बास्कोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।

प्रमुख अतिथी बास्कोटाले विद्यार्थीलाई प्रबिधियुक्त शिक्षा सँगै ब्यवहारिक शिक्षा प्रदान गर्नु पर्ने बताए । शिपमुलक शिक्षा दिन सकिएमा मात्रै आफ्नै देशमा विद्यार्थीहरु रहने बास्कोटाको भनाई थियो । आफु सञ्चार मन्त्री हुदाँ काभ्रे मात्रै नभई देशैभरीमा माध्यमिक विद्यालयमा आईसिटी ल्याब स्थापना गरिएको उनले स्मरण गरेका छन । वितरण गरिएका ल्याव ९० प्रतिशत सामुदायीक विद्यालयले प्रयोगमा ल्याई विद्यार्थीहरुलाई सिकाई रहेको र १० प्रतिशत त्यसै थन्किएको रिपोर्ट पाएको बास्कोटाको भनाई रहेको थियो ।

थप