नेपाल बिक्री प्रतिनिधि संघको स्थापना दिवसमा मानव सेवामा खाद्यान्न सहयोग

  •   २ हप्ता अघि | १७ जेष्ठ २०८१, बिहिबार,     मणिराम दाहाल

काभ्रे । नेपाल बजार बिक्रि प्रतिनिधि संघ काभ्रे पुर्व इकाईको २३ औ  स्थापना दिवसको उपलक्ष्यमा मानव सेवामा सहयोग गरेका छन्।

काभ्रे जिल्ला कार्यक्षेत्र रहेको बिक्री प्रतिनिधि संघले यश अघिपनि विभिन्न सामाजिक उतरदायित्वका कार्य गर्दै आएको यस संघका अध्यक्ष सहदेव तिमल्सिनाले जानकारी दिनुभयो ।

मानव सेवालाई करिब तीस हजार बराबरको खाद्यान्न सहयोग गरिएको संघका सचिव सुमन सापकोटाले बताएका छन्।

२३ औ स्थापना दिवसलाई स्मरणीय बनाउन सदस्य साथिहरुको पहलमा नै खाद्यान्न सहयोग गरिएको संघका कोषाध्यक्ष विजय सत्यालले जानकारी दिनुभयो ।

थप