विकासको परिभाषा नबुझेका हरुहुन गोकुल का विरोधी :विकास नचाहिने भए चाहिने के?

  •   १ वर्ष अघि | २० कार्तिक २०७९, आइतवार,     एक्टिभ मिडिया संवाददाता

काभ्रे – जिल्लामा यति खेर प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन मिति नजिकिँदै गर्दा उम्मेदवार हरुको घरदैलो कार्यक्रम पनि तिव्र छ।
काभ्रे प्रतिनिधि सभा २ अहिले गोकुल बास्कोटाले सुरु गरेका समृद्ध काभ्रेको सपनालाई पुर्णता दिन गोकुल बास्कोटाको जित कुरेर  बसेको छ। भन्दै बनेपा नगरपालिका एक जना बुबाले भन्नुभयो। काभ्रेका विभिन्न क्षेत्रमा भएको विकास र सुरु गरिएको योजना जसले गर्यो  उसैले भन्दा किन गठबन्धनको  पेट पोल्छ? बुबा भन्नुहुन्छ सिमित स्वार्थ र सत्ता लालचको लागि गठबन्धन नामक ठगहरुले आफू शासक बन्न गोकुलको विरोध गरेका हुन्। हो गोकुल बास्कोटा हकि छन् , उनको स्वभाव नै सिधा बोल्ने हो । सिधा बोल्यो हक्कि कुरा गर्यो भन्दैमा उसले गरेको कामलाई मजाक गर्नेले बिसौ बर्ष शासन चलाएकाले के गर्यौ केही छ गरेका कुरा?  बुबाको यस्तो प्रश्न छ? उहाँले गोकुल बास्कोटालाई भन्नुभएको छ । बाबू  सबै तेस्ता छैनन् तिमिले गरेका विकासका काम उनिहरु मात्र हुदा काम त गर्या छ बास्कोटाले भन्छन् बाबू अगाडि भन्ने हिम्मत नराखेका हुन तिमी अगाडि बढ् तिम्रो जित सुनिश्चित छ।(एक जना बुबाले प्रतिनिधि सभा २ का उम्मेदवार गोकुल बास्कोटालाई दिएको सन्देश )  ओलि नेतृत्वको सरकारमा मन्त्री रहेका गोकुल बास्कोटाले निर्णय  गराउँदै काभ्रेमा सुरक्षण मुद्रण प्रेस निर्माण शुरु गरेका थिए । उनको निर्णयमा पछिल्लो सरकारले पनि निरन्तरता दिएको छ । काँग्रेसका मन्त्रीहरुको लर्काे लागेर सुरक्षण मुद्रण प्रेसको भवन शिल्यान्यास गरेका  थिए।


बास्कोटाले सोहि प्रेस निर्माणको क्रममा आफुसँग जोडेर आएको अडियो क्लिप प्रमाणीत गर्न चुनौती दिदै मन्त्री पदबाट राजिनामा दिनु भएको थियो । छानविनका क्रममा महालेखा परिक्षणको प्रतिवेदन, संसदको लेखा समितिको प्रतिवेदन तथा सरकारी निकायको अनुसन्धानमा बास्कोटाले गलत उदेश्य राखेर कसैसँग बार्गेनिङ्ग नगरेको र अनियमित नभएको प्रतिवेदन बुझाएको थियो ।

प्रतिवेदनको अंश महालेखा परिक्षको प्रतिवेदन २०७८/०७९ को पेज ५२१ मा उल्लेख गरिएको छ । सुरक्षण मुद्रणका लागि आवश्यक पूर्वाधार तयार भईरहेको छ । मुद्रण प्रेसको पूर्वाधार निर्माण सम्पन्न भएपछि राहदानी, हुलाक टिकट, बैँक नोट, प्रश्नपत्रजस्ता महत्वपूर्ण कागजात छाप्न विदेश जानुपर्ने छैन ।

यसबाट एकातिर सुरक्षित मुद्रणका लागि पूँजी बाहिरिनुपर्ने बाध्यता समाप्त हुनेछ भने अर्कातिर घरमै अत्यावश्यक सुरक्षण मुद्रण सेवा उपलब्ध हुनेछ । केपी ओली नेतृत्वको सरकारले नीति तथा कार्यक्रममा महत्वपूर्ण कागजातको सुरक्षण मुद्रण गर्ने उल्लेख गरी बजेट विनियोजन गरेको थियो । पच्चीस वर्ष अघि देखि बहसमा रहेको सुरक्षण मुद्रण स्थापनाका लागि पहल शुरु भएको थियो । काठमाडौँबाट २८ किलोमिटरको दूरीमा पर्ने २ सय ३५ रोपनी जग्गामा रहेको काभ्रेपलाञ्चोकको बनेपास्थित सूचना प्रविधि पार्क केन्द्रका लागि हस्तान्तरण भएर निर्माण कार्य प्रारम्भ भएको हो । सुरक्षण मुद्रणको कामका लागि हरेक वर्ष विभिन्न निकायबाट करीब चार अर्ब रुपैयाँ विदेश गइरहेको छ ।

नेपाललाई आत्मनिर्भर बनाई अन्तर्राष्ट्रिय बजारमा आकर्षण विन्दुका रुपमा सुरक्षण मुद्रण केन्द्रलाई विकास गर्ने सरकारको दूरदृष्टिअनुरुप संयन्त्रले काम शुरु गरेको हो । सुरक्षण मुद्रणलाई राष्ट्रिय गौरवको विषयका रुपमा समेत लिइन्छ । सुरक्षण मुद्रणसम्बन्धी नीति योजना, बजेट तथा कार्यक्रम स्वीकृत र भौतिक पूर्वाधार निर्माणका साथै राहदानी र स्मार्ट कार्डको पर्सनलाइजेसन तथा सुरक्षण मुद्रणसम्बन्धी आवश्यक अध्ययन र तालीम प्रशिक्षण पनि सञ्चालन गरिएको छ ।

के हो सुरक्षण मुद्रण ?

भौतिक सुरक्षा र प्रणालीगत सुरक्षासहित मुद्रण कार्यमा अपनाइने सुरक्षण पद्धति विशिष्ट प्रकारको सुरक्षण मुद्रण मानिन्छ । यस प्रणालीमा बैंक नोट, राहदानी, हुलाक टिकटजस्ता अति संवेदनशील छपाइ गर्दा कसैले पनि नक्कल वा चोरी गर्न नसक्ने तथा गोप्यता चुहावट गर्न नसक्ने गरी आन्तरिक सुरक्षा अपनाइएको हुन्छ । यो सामान्य मुद्रणभन्दा फरक हुन्छ । निश्चित समयसम्मका लागि छपाइ सामग्री सुरक्षित वा गोप्य राख्नुपर्ने र उक्त समयपछि छपाइ सामान्य सामग्री बन्ने प्रकृतिका छपाइ सामग्री यसअन्तर्गत पर्छन् । यस्तो प्रेसका लागि चारैतिर पर्खालले घेरिएको, काँडेतार बार लगाएको, भित्र छिर्ने द्वार एउटा मात्र भएको, उक्त द्वारमा इ–गेटसहितको अत्याधुनिक सुरक्षा प्रविधिजडित भवन आवश्यक पर्छ । भवनको परिसरलाई सिसीटिभीबाट निगरानी गरिन्छ ।

 

पहिलो पटक सांसद् हुँदै मन्त्री बनेका गोकुल प्रसाद बास्कोटाको जिल्लामा शुरु गरेका राष्ट्रिय गौरवका आयोजनाहरु

१) मदनभण्डारी विश्वविद्यालय– ७ अर्ब (पाँचखाल) कार्य प्रारम्भ

२) प्रतिरक्षा विश्व विद्यालय – ४ अर्ब (बनेपा साँगा)

३) मुद्रण प्रेस १७ अर्ब – (पनौति, बनेपा र धुलिखेल सगम) आइटिपार्क

४) प्राविधिक विश्वविद्यालय – ३ अर्ब (पनौती)

५) सुनकोसी – तेस्रो’ जलाशययुक्त ५३६ मेगावाट– ५८ अर्ब लगानी (तिमालवेसी)

६) भक्तपुर पाँचखाल सुरुङमार्ग (गठवन्धन सरकारले उक्त योजना हटाईदिएको छ)

७) काभ्रेपलान्चोक जिल्लाका सबै विद्यालय पुनःनिर्माण र आइटी ल्याबको व्यवस्थापन

८) पाँचखालमा विशेष आर्थिक क्षेत्र सेजको निर्माण – ४४ करोड

९) पाँचखाल सुनकोसी खानेपानी परियोजना – २ अर्ब भन्दा माथी

१०) इन्द्रावती मण्डन खानेपानी – डेड अर्ब

११) नाला पनौती पुण्यमाता करिडोर – ७२ करोड

१२) काभ्रेपलान्चोक जिल्लाका मुल र सहायक राजमार्गहरुलाई करिब ५ अर्ब बजेट ।

१३) काभ्रेपलान्चोक जिल्लाका प्राचिन सम्पदाहरुमा मन्दिर, गुम्बा, पाटी, पोखरी, ढुङ्गेधारा पुनः निर्माणमा २७ करोडको काम सम्पन र केही निर्माणाधिन ।

१४) सुर्य बिनायक दोलालघाट मोड सुधार कार्यक्रम – १ अरब ७७ करोड

१५) काभ्रेमा मोवाईलको टावर निर्माण

(गठवन्धनको सरकार बनेसँगै काभ्रेमा विनियोजन भएका ५० भन्दा धेरै योजनामा रकम कटौती गरिएको छ भने योजना नै खारेज गरिएको छ ।)    

थप