माध्यमिक तहसम्मको शिक्षा निःशुल्क गर्न माग गर्दै अनेरास्ववियु काभ्रेको रिट सर्वोच्चमा

  •   २ महिना अघि | ३ फाल्गुन २०८०, बिहिबार,     एक्टिभ मिडिया संवाददाता

काभ्रे । निःशुल्क शिक्षा कार्यान्वयन गर्न माग गर्दै नेकपा एमाले निकट अनेरास्ववियु काभ्रेपलाञ्चोक जिल्ला कमिटीले सर्वोच्चमा रिट दर्ता गरेको छ । काभ्रेका स्थानीय तह, शिक्षा विकास तथा समन्वय इकाई धुलिखेल, शिक्षा मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सहित सरोकारवाला ३७ वटा कार्यालयलाई विपक्षी बनाई रिट दायर गरिएको हो । उक्त मुद्धाको पेशी भोली फागुन ४ गतेका लागि तोकिएको छ ।


किाभ्रेपलाञ्चोक जिल्लाका सम्पुर्ण सरकारी तथा सामुदायिक विद्यालयहरुले विद्यार्थीहरुबाट विभिन्न शिर्षकहरुको माध्यमबाट शूल्क असुल गरि नेपालको संविधानको धारा ३१ द्धारा प्रदत्त शिक्षा सम्वन्धि मौलिक हकमा आघात पु¥याउने कार्य गरीएकोले संविधानद्धारा प्रदत्त मौलिक हकमा अनुचित बन्देज लगाउने काम भएको अनेरास्ववियु काभ्रेपलाञ्चोकका अध्यक्ष मिलनकुमार गौतमद्धारा दायर रिट निवेदनमा उल्लेख छ ।


माद्यमिक तहसम्म शिक्षा अध्ययनको लागी विद्यार्थीबाट कुनै पनि शुल्क, दस्तुर लिन नहुने, निशुल्क शिक्षा अध्ययन गर्न पाउने ब्यवस्था गर्नुहोस् भनी पटक पटक भेटघाट गरी अनुरोध गरिएको रिट निवेदनमा उल्लेख छ । यद्यपी संविधानले प्रदत्त गरेको मौलिक हकको रुपमा रहेको विद्यार्थीको निशुल्क पढ्न पाउने संवैधानिक हक विपरितको कार्य रोक्न विपक्षीहरुले भुमिका नखेलेको कारणले विद्यार्थी र अभिभावकलाई आर्थिक पीडा भइरहेको हुँदा, उक्त कार्यालाई रोक लगाउन अन्य कुनै प्रभावकारी बैकल्पिक उपचारको मार्ग नभएकोले बाद्य भई सम्मानित सर्वोच्च अदालतमा रिट निबेदन दर्ता गर्न आएको उल्लेख गरिएको छ ।

थप