निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

धुलिखेल लाई प्रचार गर्ने उद्देश्यले निबन्ध प्रतियोगिता हुदै

  •   २ वर्ष अघि | ८ जेष्ठ २०८१, मङ्लबार,     मणिराम दाहाल

काभ्रे । धुलिखेललाई विश्व माझ चिनाउने उद्देश्यले धुलिखेल केन्द्रित गरेर निबन्ध प्रतियोगिता हुने भएको छ। धुलिखेल लाई  विषय बनाएर खुल्ला निबन्ध प्रतियोगिता –२०८१ हुने भएको छ । सामाजिक जागरण मञ्चको आयोजनामा यहि असार १५ गते सम्म आएका निबन्धलाई आधार मानेर असारको २९ गते एक कार्यक्रमको बिच उत्कृष्ट घोषण गर्ने आयोजकले जनाएको छ ।


मानव समुदायलाई जागरुक चेतनशील बनाई असल र उन्नत जीवनयापन गर्न सघाउ पुयाउने उदेश्यले २०५८ सालमा धुलिखेल नगरपालिका वडा नं. ४ ( तत्कालिन वडा नं. ७ )का बुद्धिजीवीहरुको भेलाबाट स्थापित उक्त सस्थाले पहिलो पटक धुलिखेलका लागि केहि गरौं भन्ने उदेश्यले यो निबन्ध प्रातियोगिता आयोजन गर्न लागेको जनाएको छ ।


lहिजो, आज र भोलिको धुलिखेल भन्ने शिर्षकमा निबन्ध प्रतियोगिता गर्न लागिएको सस्थाले जनाएको छ । सस्थाको उदेश्य भनेको मानव समुदायमा जागरुकता र चेतनशीलतामा जागरण ल्याई असल र उन्नत जीवनयापन गर्न सघाउ पुर्याउन रहेको सस्थाले जनाएको छ ।


प्रतियोगिताको उदेश्य भनेको समाजमा रहनु भएका बौद्धिक वर्गहरुलाई एउटै थलो र विषयमा समावेश गरी खुल्ला प्रतियोगिता मार्फत निबन्ध लेखन आयोजना गरी जिल्लाको सदरमुकाम तथा पर्यटकीय नगरी धुलिखेल नगरपालिकाको विगत, वर्तमान र भविष्यको सेरोफेरोमा रही लेखहरु तयार गरी अगामी दिनको लागि एउटा दस्तावेज निर्माण गर्नु रहेको सस्था अध्यक्ष पृथ्वी थापाले जानकारी दिए ।


यस निबन्ध प्रतियोगिताले अन्यलाई भन्दा धुलिखेलकै हितका लागि गर्ने लागिएको उनले बताए । यसले धुलिखेललाई हेरेर देशका अन्य स्थानका बासिन्दाहरुले पनि आफ्नो क्षेत्रको विकास कार्यलाई नमुनाको रुपमा यसरी नै अगाडि बढ्नु भन्ने उदेश्यले पनि यो कार्य गर्न लागेको उनले बताए ।


यस निबन्ध प्रतियोगितामा हिजो, आज र भोलिको शिर्षकमा रहेर कुनै पनि धर्म,भाषा, जातजाति, समुदाय, ब्यक्ति, राजनैतिक दललाई लक्षित गरी शब्दहरु प्रयोग गर्न नपाउने र लेखिएको निबन्ध कमतीमा पनि ५ हजार शब्दमा रहनु पर्ने सस्थाले जनाएको छ ।


यसरी तयार पारेको निबन्ध सस्थाको मेलमा यही असारको १५ गते भित्र आईसक्नुपर्ने र त्यसको निर्णय आयोजकले ३ सदस्यीय निर्णयक समितिले छनौट गर्ने छ । यसरी छनौट भएका प्रतियोगितामा प्रथम हुनेलाई ५१ हजार, दिद्धिय हुनेलाई ३५ हजार, तृतीय हुनेलाई २१ हजार र सान्वना २ जनालाई ५ हजार ५ सय पुरस्कार यही असारको २९ गते घोषण गरी पुरस्कार वितरण गर्ने जनाईएको छ ।


थप