बुबाको समाजसेवाको कामलाई निरन्तरता दिदै अनिलाले गरिन्: आमाको तिथिमा नगद सहयोग

  •   १२ महिना अघि | २३ चैत्र २०७९, बिहिबार,     एक्टिभ मिडिया संवाददाता

काभ्रे । जिल्लाको बनेपा नगरपालिका वडा नं. ७ की समाजसेवी अनिला कायस्थद्वारा स्वर्गीय आमा चन्द्रदेवी कायस्थाको छैठौँ पूण्य तिथिको अवसर पारेर श्री माई चण्डेश्वरी टोल सुधारसमितिलाई पचास हजार एक सय एक रुपिया सहयोग गरेकी छिन् ।

अनिला कायस्थ का स्व:पिता रामचन्द्र कायस्थले चण्डेश्वरी  मन्दिर को पुनर्निर्माणका लागि पचास हजार सहयोग गर्नुभएको थियो।

बुबाको समाजसेवाको कामलाई निरन्तरता दिदै अनिला कायस्थले विभिन्न क्षेत्रमा सहयोग गर्दै आउनुभएको छ।


बनेपास्थित चण्डेश्वरी मन्दिरमा आएका भक्तजनहरूका लागि बिश्राम स्थल बनाउनको लागि आर्थिक सहयोग गरेकी हुन् । मन्दिरको प्रांगणमा आएका भक्तजनहरू बस्नको लागि फलामको कुर्सी व्यवस्थाका लागि अर्थिक सहयोग गरेका हुन् ।


मन्दिरमा पुगेका भक्तजनहरू र मर्निङवाल्कमा पुगेका भक्तजन तथा मानिसहरूलाई बिश्रामको लागि कुर्सि राख्नको लागि आर्थिक सहयोग गरेको समाजसेवी अनिला कायस्थले बताए । आमाको छैठौँ पुण्य तिथिमा आमाको आत्माले आशिर्वाद प्राप्त होस भन्ने हेतुले सहयोग गरेको कायस्थको भनाई छ ।


टोल सुधार समितिका कोषाध्यक्ष श्यामकुमार सेवाचार्यलाई नगद हस्तान्तरण गरेको हो । उक्त सहयोग प्राप्त रकमलाई तत्काले फलामको कुर्सी तयार गरेर मन्दिर परिसरमा राख्ने सेवाचार्यले बताए । एक हप्तामा कुर्सी मन्दिर परिसरमा राख्ने उनको भनाई छ । सेवाचार्यले आर्थिक सहयोग गरेकोमा कायस्थपरिवारलाई धन्यवाद व्यक्त गर्दै स्वर्गीय चन्द्रदेवी कायस्थप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरे ।


उक्त सहयोग रकम हस्तान्तरण कार्यक्रममा समाजसेवी तथा नेता सबरकुमार प्रजापतिको पनि उपस्थिती रहेका थिए ।



थप