"रत्नकुश रन्जितकार बनेपाली जनताका आशा हुन गरिब जनताको भरोसा "

  •   २ वर्ष अघि | २२ बैशाख २०७९, बिहिबार,     एक्टिभ मिडिया संवाददाता

बनेपा।अहिले बनेपा नगरपालिकामा भैरहेको स्थानीय तहको निर्वाचनमा बाहिरबाट हेर्दा नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदबारबीचको निर्वाचन भएजस्तो देखिएपनि खासमा हुने खाने र हुँदाखानीबीचको लडाई हो । हेपेर दवाएर भनिने छिपा अर्थात कमजोर बिरुद्ध बलियोको लडाई हो ।

सदियौदेखि आफूलाई शासक बनाएर अरुलाई शासन गर्ने वर्ग र श्रम बेचेर आफूलाई सफलताको शिखरमा पुर्‍याउने  वर्गबीचको लडाई हो बनेपा  नगरपालिकाको चुनाव  । अघिल्लो निर्वाचनमा बाहिरबाट आएको मान्छे भनेर तत्कालिन बनेपा नगर कमिटीका सभापति राम जोशीलाई हराउने र अहिले नगर सभापति महेश कर्माचार्यलाई बाहिरबाट आएको मान्छे भनेर टिकट मै जालझेल गर्ने वर्गबीचको लडाई हो । अहिले पात्र रत्नकुश रंजित बनेका होलान् तर उनले बनेपाभित्रका ठूला उच्च संम्भ्रान्त परिवारसँग युद्ध लडिरहेका छन् । त्यो युद्ध कठिन छ तर असंम्भव पक्कै छैन । पाँच बर्ष एमाले पार्टीको खोल ओठेर बनेपाको मेयर बन्दै सारा बनेपालीलाई कसरी गुमराहमा पारियो । फेरि त्यही प्रयास भैरहेको छ । रक्सी फेरिनेवाला छैन तर बोत्तल भने फेरिने प्रयास गरिदै छ ।

एउटा सामान्य श्रम गर्ने मान्छे उद्योगी बन्न नपाउने,पैसा कमाउन नपाउने, राम्रो गाडी चढ्न नपाउने र मेयरमा उम्मेदरबार बन्न नपाउने यस्ता प्रश्नको उत्तर एमालेका उम्मेदबार रत्नकुश रंजितले विजयी भएपछि मात्रै पाउनेछ । अहिलेसम्म बनेपामा एउटै समुहको राज छ । कर्मचारीतन्त्र उनकै इसारामा छन् । बनेपालीलाई निरन्तर दवाउने प्रयास भैरहेका छन् । एउटा सामान्य नागरिकलाई उच्च पदमा पुगेको हेर्न नचाहने गठबन्धनबीचको लडाई चलिरहेको छ ।

अब कोभिडको कुरा गरौ छिपाको मन दुख्दा ठूलाबडा किन निदाए

कोभिडले बनेपा आक्रान्त बनेको समयमा ठूलाबडा जो अहिले निर्वाचनमा विजयीको ताज पहिल्यै आएको घोषणा गरिरहेका छन् । तिनीहरु मर्नदेखि डराए । तर बनेपाका छिपा रत्नकुश रंजित, नवराज मानन्धर रविन्द्र वैदारहरु डराएनन् । जनताका लागि खुल्ला हृदयले साथ दिए । किनकी समस्या उनीहरुले बुझेका थिए । पिरमर्कामा मज्जाले सेवा गरे ।

कोभिडमा के गरेका थिए रत्नकुशले

कोभिडमा उनले एउटा नारा दिए के तपाई कोभिडको कारणले साच्चिकै समस्यामा पर्नुभएको छ । कोभिडको कारणले कोठाभाडा तिर्न नसकेर के गरौ र कोसँग सहयोग मागौै भनेर दुविधामा पर्नुभएको छ । दीर्घरोगीहरु जो नियमित रुपमा औषधि सेवन गर्न नसकेर चिन्तित हुन्ुभएको छ । ग्याँस सकिएर भान्सानै बन्द भएको छ । खाद्यान्न सकिएर दैनिकी गुजारा चलाउन समस्यामा पर्नुभएको छ भने मलाई सम्झनुस । एक सय हैन,एक हजार हैन एक लाख हैन लाखौ रुपिया सहयोग गरे । आफ्ना मतदाता हेरेनन । पहाडी र मधेशका भनेनन् । तर अहिले बनेपाली उनलाई खिपा भनेर हेप्ने प्रयास गरिरहेका छन् ।

बनेपामा कोठा भाडामा बस्ने, आर्थिक रुपमा कमजोर हुनुभएकाहरुलाई सहयोग गर्ने अभियाननै संचालन गर्नुभएको छ । उहाँले काभ्रेमा कम्तिमा पाँच सय घर परिवारलाई सहयोग गर्नुभयो । त्यो बेला कहाँ थिए बनेपाकै उच्च सभ्रान्त परिवार ।

‘अभाव के हुन्छ, यस्तो अवस्थामा के के कुराको आवश्यक हुन्छ मैले राम्रोसँग जानेको छु’ रत्नले टेलिफोन सम्पर्कमा भन्नुभयो । चुनाव मैले जितीसके । गरिब र सर्वहाराले मलाई मत मागी रहनु भएको छ । चुनाव हार्ने भएपछि मेयरको राजिनामा खिपा भनेर हेप्ने प्रयास भएको छ । हो म छिपा हो तर आत्मनिर्भर भएको छिपा । कपडामा रंग लगाउन जानु नपर्ने छिपा सयौलाई रोजगारी दिएको खेपा उनले भने ।

कोभिडमा धेरैले आफ्नो गुनासो सुनाउन थालेसँगै निक्कै समस्यामा परेको बुझेर सहयोग सुरु गरेका थिए । अहिले मेयर पदमा उनलाई हराउन निक्कै तानावाना बुनिन थालेका छन् । श्रमिकका भगवान सदैव साथमा हुन्छन् । श्रम गरेर उठेका उनलाई यो पटक चण्डेश्वरी मार्ईबाट मेयर बन्ने आर्शिवाद पाइसकेकाले विजयीको नजिक छन् ।

थप