निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

जिल्ला प्रहरी कार्यलय काभ्रेमा दलित समुदाय केन्द्रित एक दिने विशेष अनुशिक्षण कार्यक्रम सम्पन्न

  •   ५ वर्ष अघि | ११ फाल्गुन २०७८, बुधबार,    

काभ्रे । जिल्ला प्रहरी कार्यलय काभ्रेमा दलित समुदाय लक्षित एक दिने विशेष अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग हुँदै तालुक बागमती प्रदेश प्रहरी कार्यालय समेतबाट यस कार्यालय अन्तर्गत गठित दलित सेल (डेस्क) मा कार्यरत प्रहरी कर्मचारीहरुलाई दलित समुदायसंग सम्बन्धित नेपालका विद्यमान कानूनी व्यबस्थाहरु, दलित सेलको काम कर्तव्यहरु, दलित समुदायमाथी हुन सक्ने अपराध, विभेद, हिंसा र यसका स्वरुपहरु, दलित समुदायका नागरिकहरुलाई प्रहरी सेवा प्रवाह तथा काम कारवाहीमा प्रहरी कर्मचारीहरुले ध्यान दिनु पर्ने कुराहरुमा आधारित एक दिने विशेष अनुशिक्षण कार्यक्रम जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
 
कार्यक्रमको अध्यक्षता काभ्रे प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीले गर्नु भएको थियो।
कार्यक्रममा  जिल्ला प्रशासन कर्यालय काभ्रपलाञ्चोकका सहायक प्रमुख जिल्ला अधिकारी अमर दिप सुनुवार, कालिजंग गण धुलिखेलका प्रमुख सेनानी मिलन थापा, राष्ट्रिय अनुसन्धान कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख अनुसन्धान अधिकृत नगेन्द्र दाहाल, १५ नं. गण हे.क्वा. पाँचखाल काभ्रेपलाञ्चोकका निमित्त प्रमुख सशस्त्र प्रहरी नायव उपरीक्षक बासु महत, जिल्ला सरकारी वकिल कार्यालयका निमित्त जिल्ला न्यायधिवक्ता सुदिप शाक्य, सहायक जिल्ला न्यायधिवक्ता कपिल रोक्का लगायत यस कार्यालय तथा मातहत समेतमा कार्यरत प्रहरी अधिकृत तथा जवानहरु समेत गरी अं. ६५ जनाको समुपस्थितिमा कार्यक्रम संचालन सम्पन्न  गरिएको थियो । 
 कार्यक्रममा जिल्ला सरकारी वकिल कार्यालयका निमित्त जिल्ला न्यायधिवक्ता सुदिप शाक्यले जातीय तथा अन्य सामाजिक छुवाछुत र भेदभाव सम्बन्धी विद्यमान कानूनी व्यवस्थाको विषयमा प्रस्तुतीकरण गर्नु भएको थियो भने, दलित समुदायका नागरिकहरुलाई प्रहरी सेवा प्रवाह एवं सो सम्बन्धी काम कारवाही गर्दा प्रहरी कर्मचारीहरुले ध्यान दिनु पर्ने कुराहरुमा आधारित सार्गभित प्रस्तुतीकरण यस कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीबाट प्रस्तुत गरिएको थियो ।

 कार्यक्रमको प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेबाट कार्यक्रमलाई सम्बोधन गर्दै यस किसिमका सामाजिक विषयबस्तुमा आधारित सेचेतनामुलक र लाभदायी कार्यक्रमबाट लाभान्बित हुने मौका प्रदान गरिएकोमा जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको प्रसंसा गर्दै कार्यक्रममा ग्रहण गरिएका ज्ञानबर्धक विषयहरुलाई प्रहरी कर्मचारीहरुले व्यवहारमा अक्षरंश पालना गरी नागरिक मैत्री सेवा प्रवाहमा आ-आफ्नो स्थानबाट टेवा पुर्‍याउनको निमित्त निर्देशन दिनु भएको थियो ।

 कार्यक्रमको अन्त्यमा यस कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीबाट संक्षिप्त जानकारीको बाबजुत यस कार्यालयले आयोजना गरेको कार्यक्रममा उल्लेख्य सहभागिता जनाई कार्यक्रमको शोभा बृद्धी गरिदिनु भएकोमा प्रमुख अतिथि, अतिथि लगायत उपस्थित सम्पूर्णमा हार्दिकता प्रकट गर्दै उपस्थित सम्पूर्णमा आभार एवं कृतज्ञता व्यक्त गर्दै कार्यक्रम समापन गर्नु भएको थियो ।

थप