निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

भकुण्डेबाट ६ जना जुवाडे पक्राउ: जिल्लामा एसपी चक्रराज जोशिको सक्रियता तिव्र 

  •   ५ वर्ष अघि | ८ फाल्गुन २०७८, आइतवार,    

काभ्रेपलाञ्चोक। जिल्ला नमोबुद्ध नगरपालिका वडा नं. ०७ खनालथोकमा बाट ६ जना जुवाडे पक्राउ परेका छन्।मान्छे नबस्ने  गोपाल कुईकेलको घरमा अबैध रुपमा बाजि थापी पैसा हारजित हुने गरि जुवा तास खेली रहेका ६ जना प्रहरी फन्दामा परेका छन्।
 बिशेष सुचनाको आधारमा प्रहरी  कार्यालय तथा ईलाका प्रहरी कार्यालय मंगलटार समेतबाट प्रहरी अधिकृत सहितको टोली उक्त स्थानको घरको दुई तल्ला माथी कोठामा ६ जना जुवाडे हरुलाई प्रहरी समातेको काभ्रे प्रहरी प्रमुख चक्रराज जोशीले जानकारी दिनुभयो ।

पैसाको हार जित हुने गरी बाजी थापी अबैध रुपमा तास खेली खेलाई रहेको अवस्थामा खाल र मानिसहरुलाई नियन्त्रणमा लिई कानुन बमोजिम रित पुर्वक उक्त खालबाट नगद समेत बरामद गरी कानुन बमोजिम पक्राउ गरी "मुलुकी फौजदारी संहिता,२०७४" को दफा १२५ को उपदफा १ बमोजिमको कसुरमा जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट म्याद थप अनुमती लिई आवश्यक अनुसन्धान भईरहेको प्रहरी नायव उपरीक्षक हरि खतिवडाले जानकारी दिनुभयो ।

पक्राउ पर्ने जुवाडेहरु
१. काभ्रेपलाञ्चोक जिल्ला धुलिखेल नगरपालिका वडा नं. ०३ बस्ने वर्ष ४० को अर्जुन तामाङ,
२. काभ्रेपलाञ्चोक जिल्ला धुलिखेल नगरपालिका वडा नं. ११ बस्ने वर्ष ५५ को लक्ष्मण प्रसाद थपलिया,
३. काभ्रेपलाञ्चोक जिल्ला पनौती नगरपालिका वडा नं. १२ बस्ने वर्ष ३० को राजकुमार न्यौपाने,
४. जिल्ला रौतहट बोधिमाई नगरपालिका वडा नं. ०२ बस्ने वर्ष ३२ को संजिव जैसवाल,
५. जिल्ला दोलखा बैतेश्वर गाउँपालिका वडा नं. ०४ बस्ने वर्ष ३० को जगदिश दियाली,
६. जिल्ला सर्लाही ईश्वरपुर गाउँपालिका वडा नं. ०५ बस्ने वर्ष ४२ को हरि बहादुर रोक्का,
बरादम रकम :-
नेपाली रुपैया रु. २,८८,०३०– ( दुई लाख अठासी हजार तिस रुपैयाँ)
तास नखोलेको १६ बट्टा र खोलेको ३ बुक
तन्ना थान-१
यस विषयमा प्रहरीले थप अनुसन्धान गरि रहेको छ।
 

थप