काभ्रे । ज्योति बिकास बैक,बनेपा शाखाले संस्थाको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत विकास प्रवर्द्धन कोष मार्फत बनेपा मा रहेको पोर्टेज तथा पुनस्थापना संस्था,नेपाल लाई संस्थामा बन्दै गरेको अपाङ्ग मैत्री कोठामा रंगरोहन र आवश्यक सजावटको काम सम्पन्न गरी कार्य हस्तान्तरण गरेको छ ।
साथै, उक्त कार्यक्रममा अपाङ्ग बालबालिका मैत्री खेलकुद तथा शैक्षिक साम्रागी समेत हस्तान्तरण गरेको छ । उक्त कार्यक्रममा संस्थाका अध्यक्ष शुरथ बहादुर थापा,ज्योति विकास बैकका काठमाडौ क्षेत्रीय प्रमुख दिलिपराज बराल,बनेपा शाखाका शाखा प्रमुख सरोज खडका,बनेपा वडा नं १२ का वडा सदस्य नारायण रावल लगायत उत्त संस्थाका कर्मचारी,विद्यार्थी तथा अभिवाभकको उपस्थितिमा सम्पन्न भयो ।
पोर्टेज तथा पुनस्थापना संस्था,नेपालमा बिगत लामो समय देखि सुस्त मनःस्थिति तथा अपाङ्गता ,बालबालिका,विशेष शिक्षा लगायत विभिन्न तालिमहरु संचालन आदिका क्षेत्रहरुमा कार्यरत विभिन्न व्यक्तिहरुको प्रयास र संलग्नतामा बिशेष समस्या भएका (अपाङ्ग) र अन्य बालबालिकाहरुको गुणत्मक जीवन यापन गर्नमा मद्दत पुर्याउन केही पृथक सोच,उद्देश्य र रणनीति लिएर मात्र नभई देशकै आवश्यकतालाई महसुस गरि २०५९ जेठ १८ गते यस पोर्टैज तथा पुनस्र्थापन संस्था नेपालको स्थापना भएको संस्था हो । यसलाई मूर्त र कानुनि मान्यता प्राप्त गर्ने काम २०५९ कार्तिक २४ गते भएको थियो ।
ज्योति बिकास बैकले संस्थाको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत नेपालभर आवश्यक सहयोगको कार्य गदै आएको छ । हाल ज्योति बिकास बैकले १०५ शाखा तथा १ शाखा रहित बैकिङ्ग केन्द्र माफ्र्mत सेवा प्रदान गदै आइरहेको छ ।