निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

रोशीमा लैङ्गिक उत्तरदायी बजेट तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न

  •   ५ वर्ष अघि | २४ मंसिर २०७८, शुक्रबार,    

काभ्रे । जिल्लाको रोशी गाउँपालिकामा लैंगिक उत्तरदायी बजेट तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । रोशी गाउँपालिकाको कार्यालय कटुन्जेवेशीमा स्थानीय तहहरुका लागि लैंगिक उत्तरदायी बजेट अभिमुखीकरण कार्यक्रम बिहीबार  सम्पन्न भएको हो ।
प्रदेश सरकार, मुख्य मन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय प्रदेश सुशासन केन्द्रको आयोजनामा २०७८ मंसिर २२ र २३ गते गरी दुई दिन अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको महिला बालबालिका शाखाका प्रमुख प्रज्वला राईले जानकारी दिए ।
प्रत्येक स्थानीय तहको सामाजिक, आर्थिक, राजनितिक क्षेत्रमा समान रुपमा महिलाहरुको सहभागिता जनाई लिङ्गको आधारमा कुनैपनि क्षेत्रमा भेदभाव नगरी बजेट विनियोजन हुनुपर्ने कुरामा जोड दिइएको छ ।
विकासको आधार ठूला ठूला योजना, विद्युत, सडक मात्र नभई महिलाहरुको सीप, क्षमता, नेतृत्व विकास, दक्षता अभिवृद्धिको निम्ति बजेट विनियोजन हुनुपर्ने कुरामा जोड दिइएको छ ।
कार्यक्रममा रोशी गाउँपालिका अध्यक्ष डि.बी लामा, उपाध्यक्ष लक्ष्मी कुमारीबर्तौला, प्रमुख प्रशासकिय अधिकृत परशुराम थापा, लगायत वडा अध्यक्षहरु, विभिन्न शाखाका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

थप