काठमाण्डौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल ,खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य बढाएको छ।
निगमले पेट्रोल, डिजेल, मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ बढाएको हो। यस्तै खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर ५० रुपैयाँले वृद्धि गरेको हो ।भारतबाट मूल्य बढेर आएको जनाउँदै आज राति १२ बजेदेखि बढेको मूल्य लागू हुनेछ।
निगमका अनुसार अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १सय ३३ रुपैयाँ पुगेको छ।त्यस्तै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १सय १६ रुपैयाँ पुगेको छ ।
हवाई इन्धनको मूल्य पनि प्रतिलिटर १० रुपैयाँ वृद्धि गरेको छ। खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर रु १५ सय रुपैयाँ पर्नेछ।