काभ्रे । जिल्ला बनेपा नगरपालिका वडा नम्बर १० मा रहेको डप बोरिङ बाट ७ हजार जनताको पानी खाने सपना पूरा हुने भएको छ।
७ हजार जनसंख्यालाई खानेपानि उपलब्ध गराउने लक्ष्य र १ घर १ धारा वितरण अन्तर्गत ३ वटा डिप बोरीङ्ग मार्फत सेतिदेबी मन्दिरमा डेडलाख लिटरको ट्याङकी, थापागाउँमा डेडलाख लिटरको ट्याङकी र नागीडाँडामा डेडलाखको पानि ट्याङ्गी तथा डिप बाेरिङ निर्माण सम्पन्न भएको छ ।
। उक्त खानेपानि आयोजनाको निरिक्षण गर्न बनेपा नगरपालिका प्रमुख लक्ष्मी नरसिंह बादे ,उप प्रमुख रेखा सापकोटा दाहाल, वडा अध्यक्ष चन्द्र बहादुर खड्का, वडा सदस्यहरु प्रविधिक लगाएतले निरिक्षण गर्नु भएको थियो।
उक्त डिप बोरिङ र खानेपानी ट्याङ्की सम्पन्न पश्चात मुख्य पाईप लाईन बिच्याउने कार्य शुरु गर्न थालिएको वडा अध्यक्ष चन्द्र बहादुर खडकाले बताउनु भयो
। उक्त खानेपानिको निरिक्षण गर्दै प्रमुख वादेले निर्वाचनमा गरेको प्रतिबद्धता पुरा गर्ने क्रम अन्तिम चरणमा पुगेको बताउनु भयो ।
निरन्तर खबरदारीता न्यायीक पत्रकारीता
बनेपा नगरपालिका र केन्द्रिय सरकारको आयोजनामा खानेपानीको लागि डिप बोरिङ
- ५ वर्ष अघि | ११ कार्तिक २०७८, बिहिबार,