काभ्रे। काभ्रेपलान्चोक जिल्ला पनौती नगरपालिकामा नगरस्तरीय अस्पताल बन्ने भएको छ।
नगरबासीहरुको स्वास्थ माथी खेलबाड नहोस भन्नका लागि नगरस्तरिय अस्पताल बन्न लागेको हो।
पनौती नगरपालिका वडा न. १० स्थित खेपासीमा अस्पताल बन्ने भएको छ ।
अस्पतालको आज पूर्व मन्त्री गोकुल बास्कोटा र भारतका विदेश सह- सचिव अनुराग श्रीवास्तवले संयुक्तरुपमा शिलान्यास गर्नुभएको छ।
उक्त अस्पताल सुभारम्भ हुने कुराले स्थानीय खुसी भएका छन्।राष्ट्रिय पुनः निर्माण प्राधिकरण मार्फत भारत सरकारको आर्थिक सहयोगमा खोपासी प्राथामिक उपचार केन्द्रको पुनः निर्माण गर्न लागिएको हो । खोपासी प्राथामिक उपचार केन्द्र २०७२ साल बैशाख १२ गते र त्यसपछिका भुकम्पले क्षति पुगेको थियो।
पनौती सहित काभ्रेको दक्षिणी भेगमा पर्ने बेथानचोक र खानीखोला गाउँपालिकामा सुविधा सम्पन्न अस्पताल नहुँदा अधिकांश बिरामी स्वास्थ्य उपचारका लागि धुलिखेल, बनेपा लगायतका सहरका अस्पताल धाउन बाध्य छन् ।अस्पताल पुग्न ढिला हुनाले मृत्यु बरन गर्नु पर्ने बाद्यताको अन्त्य हुने भएको छ ।