बुडोलको आँखा अस्पताललाई १० लाख बराबरको उपकरण सहयोग

  •   ३ वर्ष अघि | ५ साउन २०७८, मङ्लबार,    

काभ्रे , जिल्ला बनेपा नगरपालिका बुडोलमा रहेको रेयुकाई एईको मासुनागा अस्पतालको लागि १० लाख रुपैँया बराबरको उपकरणहरु हस्तान्तरण गरिएको छ।

जिल्ला समन्वय समिति काभ्रेले बनेपा नगरपालिकामार्फत १० लाख रुपैँयाको चस्मा बनाउने र प्रयोगशालाका लागि आवश्यक पर्ने उपकरण उपलब्ध गराएको हो ।

अस्पतालमा आयोजित उपकरण हस्तान्तरण कार्यक्रममा जिल्ला समन्वय प्रमुख उद्धव केसी, बनेपा नगरपालिकाका नगर प्रमुख लक्ष्मी नरसिंह वादेलेअस्पताल सञ्चालक समितिका अध्यक्ष मधु आचार्यलाई उपकरण हस्तान्तरण गर्नुभएको हो।

प्रयोगशालाका लागि प्राप्त भएको मेसिनले उपचारमा ठुलो सहयोग पुग्ने अस्पतालले जनाएको छ।

हस्तान्तरण कार्यक्रममा अस्पतालका अध्यक्ष मधु आचार्य, जिल्ला समन्वय प्रमुख उद्धव केसी, बनेपा नगरपालिकाका नगर प्रमुख लक्ष्मी नरसिंह वादे, उपप्रमुख रेखा सापकोटा दाहाल , बनेपा नगरपालिाका प्रमुख प्रशासकीय अधिकृत कविराज उप्रेती लगायतको उपस्तिथी रहेको थियो।

थप