निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

लक्ष्मीपूजा गर्दा बालेको दियोले अनामनगरको फर्निचरमा भीषण आगलागी 

  •   ५ वर्ष अघि | १८ कार्तिक २०७८, बिहिबार,    

काठमाडौ ।  अनामनगरस्थित एउटा फर्निचर शोरुम रहेको घरमा भीषण आ’गला’गी भएको छ। महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार बाजेको सेकुवा पछाडि रहेको फर्निचरको शोरुम भएको घरमा आ’गला’गी भएको हो।‘राति ७:५० बजेबाट आ’गला’गी सुरू भएको जानकारी पाएपछि प्रहरी टोली र दमकल आ’गो निभाउन प्रयासरत् छ,’ सिंहले भने। आगलागी लगभग नियन्त्रणमा आएको जानकारी उनले दिए। आ’गला’गीबाट पचास लाख रुपैयाँको क्षति आँकलन गरिएको सिंहले बताए।

कार्की भवनको ६ तले घरमा राति करिब ८ बजेबाट आ’गला’गी सुरू भएको परिसरले जनाएको छ। उक्त भवनको पहिलो र दोस्रो तलामा फर्निचर शोरुम रहेको र त्यहीँबाट आगलागी सुरू भएको परिसर प्रमुख एसएसपी अशोक सिंहले बताए।शोरुमका सञ्चालक अशोक ढकाल हुन्। 
लक्ष्मीपूजा गर्दा दियो बालेर सञ्चालकले पसल बन्द गरेका थिए। आ’गो निभाउन दुई वटा दमकल, प्रहरी र स्थानीयले प्रयास गरिरहेको सिंहले जानकारी दिए।

थप