निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

कुशादेवी माध्यमिक विद्यालयको ६३ औं बार्षिकत्सव सम्पन्न 

  •   ५ वर्ष अघि | १३ पुस २०७८, मङ्लबार,    

काभ्रे । कुशादेवी माध्यमिक विद्यालयको ६३ औं बार्षिकत्सव आज एक कार्यक्रमको विच सम्पन्न भएको छ।
विद्यालयको बार्षिकत्सव तथा अभिभावक भेला, पुरस्कार वितरण ,पुर्व विद्यार्थी केशवराज सापकोटा द्वारा लिखित "राणाकालीन तालुकद्वार र मुत्ते धर्ती"  नामक पुस्तक प्रमुख अतिथि पनौती नगरपालिका प्रमुख भिम न्यौपानेले विमोचन गर्नुभएको थियोे ।
विद्यालयको बार्षिकत्सव कार्यक्रममा पनौती नगरपालिका प्रमुख भिम न्यौपाने प्रमुख अतिथि हुनुहुन्थ्यो । कार्यक्रम को सभापतित्व विद्यालय व्यवस्थापन समितिका अध्यक्षले गर्नुभएको थियोे ।
कार्यक्रममा बोल्दै पनौती नगर प्रमुख भिम न्यौपानेले विद्यालयमा भौतिक संरचना गुणस्तरीय बन्दै गएको । शिक्षा पनि गुणस्तरीय र प्रभावकारी हुँदै गएको बताउनुभयो ।
उहाँले भन्नुभयो तपाईं हरु शिक्षालाई वैज्ञानिक ढङ्गबाट अध्ययन अध्यापन गराउदै जानुस् नगरपालिकाले गर्नुपर्ने सहयोग गर्छ उहाँले भन्नुभयो ।
कार्यक्रममा बोल्दै कुशादेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक श्याम प्रसाद भुजुले विद्यालयको गतिविधि र क्रियाकलाप विद्यालयको शिक्षामा प्रगति आर्थिक ,भौतिक गतिविधि को बारेमा स्पस्ट पार्नुभएको थियो ।
कार्यक्रममा "एक लाख एघार हजार एक सय एघार" को उत्तरकुमारी जगन्नाथ स्मृति छात्रवृत्ति कोष स्थापना भएको छ।
उक्त छात्रवृत्ति कोष बाट आएको ब्याज बाट विपन्न परिवारलाई शिक्षा उपलब्ध गराउनु पर्ने दोहोरो सम्झौतामा उल्लेख छ। 
विद्यालयमा विभिन्न अरु पनि छात्रवृत्ति कोष हरु स्थापना भएका छन्।

थप