काभ्रे । काठमाडौं विश्वविद्यालयको ३०औं दीक्षान्त समारोहको दोस्रो चरणमा १ हजार १ सय २९ विद्यार्थी दीक्षित भएका छन् ।
प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा आज विश्वविद्यालयको केन्द्रीय परिसर धुलिखेलमा भएको दीक्षान्त समारोहमा स्कुल अफ आट्र्सका १ सय ६३ जना, स्कुल अफ एजुकेसनका १ सय २ जना, स्कुल अफ इन्जिनियरिङका ६८ जना, स्कुल अफ मेनेजमेन्टका १ सय १० जना, स्कुल अफ मेडिकल साइन्सेजका ६ सय ६१ जना र स्कुल अफ साइन्सका २५ जना गरी जम्मा १ हजार १ सय २९ जना विद्यार्थी दीक्षित भएका हुन् ।