काभ्रे । नेपाल बजार बिक्रि प्रतिनिधि संघ काभ्रे पुर्व इकाईको २३ औ स्थापना दिवसको उपलक्ष्यमा मानव सेवामा सहयोग गरेका छन्।
काभ्रे जिल्ला कार्यक्षेत्र रहेको बिक्री प्रतिनिधि संघले यश अघिपनि विभिन्न सामाजिक उतरदायित्वका कार्य गर्दै आएको यस संघका अध्यक्ष सहदेव तिमल्सिनाले जानकारी दिनुभयो ।
मानव सेवालाई करिब तीस हजार बराबरको खाद्यान्न सहयोग गरिएको संघका सचिव सुमन सापकोटाले बताएका छन्।
२३ औ स्थापना दिवसलाई स्मरणीय बनाउन सदस्य साथिहरुको पहलमा नै खाद्यान्न सहयोग गरिएको संघका कोषाध्यक्ष विजय सत्यालले जानकारी दिनुभयो ।