यु एम बचतको आठौं सेवाकेन्द्र सिपाघाटमा - मेयर वाइवाको हातबाट उद्घाटन

  •   ३ वर्ष अघि | २५ भदौ २०७८, शुक्रबार,    

काभ्रे ।काभ्रेपलान्चोक जिल्ला मण्डनदेउपुर नगरपालिका वडा नम्बर ६ सिपाघाटमा यु एम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सेवा केन्द्र सुरू भएको छ ।
सेवा केन्द्र  उद्घाटनमा  नेकपा (एकीकृत समाजवादी) का जिल्ला अध्यक्ष एवं मण्डनदेउपुर नगरपालिकाका नगरप्रमुख टोक बहादुर वाईबाले गर्नु भएको थियो।  वाईबाले सहकारीको नीति र  सिद्धान्तलाई पालना गरेर काम गर्ने सुझाव समेत दिनुभएको थियो । 
नागरिकलाई छिटो र छरितो सेवा दिन उहाँले आग्रह गर्नुभयो ।
सहकारीबीच ब्याजमा भेदभाव छ कसैलाई कति कसैलाई कति प्रतिशत लगाउने असमान निति नै कायम रहेको र आफुले समेत भोगेको उहाँले बताउनुभयो  ।
  ।’कार्यक्रममा मण्डनदेउपर वडा नं ६ का अध्यक्ष डिल्ली प्रसाद आचार्य , युवा संघ नेपालका केन्द्रीय सचिव भेषराज शाह, काभ्रे जिल्ला बचत तथा ऋण सहकारी संस्थाका कोषाध्यक्ष जितेन्द्र नकर्मी सहित विभिन्न सहकारी समन्धि व्यक्तित्व हरु सहभागी हुनुभएको थियो ।
यु एम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आठौं सेवा केन्द्र सिपाघाट सेवाकेन्द्र  हो ।
 बनेपामा मुख्य कार्यालय रहेको यो सहकारीले काभ्रे र सिन्धुपाल्चोकलाई कार्य क्षेत्र बनाएर काम गर्दै आउने छ ।

सिन्धुपाल्चोक र काभ्रेका बचत कर्तालाई लक्षित गरेर सेवा केन्द्र स्थापना गरिएको यु एम बचत तथा ऋण सहकारी संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रूसन श्रेष्ठले बताउनुभयो । नगरपालिकासंग मिलेर सहकार्य गरेर अघि बढ्ने र  कृषि र लघु उद्योग लाई प्रथामिकतामा राखेर सेवा प्रवाह गर्ने  प्रमुख कार्यकारी अधिकृत रुसन श्रेष्ठले बताउनुभयो ।

थप