हजुरलाई नमस्ते ट्रेड लिन्कको शाखा भक्तपुरमा

  •   ३ वर्ष अघि | ६ भदौ २०७८, आइतवार,    

भक्तपुर,  काठमाडौंका बाफलमा मुख्य कार्यालय रहेको हजुरलाई नमस्ते ट्रेड लिन्कको पहिलो शाखा भक्तपुरमा खोलिएको छ ।

भक्तपुरको अरनिको राजमार्ग अन्र्तर्गत मध्यपुर थिमिको एसएस चोक वागमति पेट्रोल पम्प नजिकै शाखा खोलिएको हो । 
शाखाको वरिष्ठ लोक दोहरी गायक वद्री पंगेनी, नेपाल निर्माण व्यवसायी महासंघका पूर्व महासचिव रामशरण देउजा, नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघ भक्तपुरका पूर्व अध्यक्ष राजाराम न्हिसुतू, नेपाल हेभी इक्विपमेन्ट मेकानिक संघका अध्यक्ष नेत्रबहादुर अधिकारी, नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रिय सदस्य मुकेश पन्तलगायतले एक समारोहवीच रिवन काटेर संयुक्त रुपमा उदघाटन गरे । 
भक्तपुर, काभ्रे, सिन्धुली, रामेछाप, चौतारा, मेलम्ची, चरिकोट, मन्थलीलगायतका पूर्व क्षेत्रका व्यवसायीहरुको सुविधाका लागि शाखा खोलिएको कार्यक्रममा बताइयो । कार्यक्रममा हजुरलाई नमस्ते ट्रेड लिन्कका मालिक समाजसेवी ताराबहादुर कुँंवरले भविष्यमा हेटौडा, पोखरालगायतका ठाउँंमा पनि शाखा खोल्ने योजना रहेको छ । 
हजुरलाई नमस्ते ट्रेड लिन्कको मुख्य कार्यालय काठमाडौंको बाफलमा रहेको छ । कार्यक्रममा हजुरलाई नमस्ते ट्रेड लिन्कका व्यवस्थापक प्रदीपराज गिरी, भक्तपुर शाखाका प्रमुख फाल्गुण कुँंवरलगायतले नाफा भन्दा पनि पूर्वका व्यवसायीहरुको सुविधाका लागि शाखा विस्तार गरेको जनाए । शाखाबाट हेभी इक्विपमेन्ट (डोजर) का पार्टपूर्जाहरु विक्री गरिने तथा त्यसका लुव्रिकेन्टसहरु (तेल) विक्रीवितरण गरिने जनाइएको छ ।

थप