संस्कृतिविद ज्ञानकाजी मानन्धरको ‘बनेपा–स्तवन’ पुस्तक विमोचन  तथा सक्षम बचतको २७ औ स्थापना दिव

  •   ३ वर्ष अघि | ३० साउन २०७८, शनिबार,    

काभ्रे । संस्कृतिविद ज्ञानकाजी मानन्धरद्धारा लिखित बनेपा–स्तवन पुस्तक बिमोचन गरिएको छ । सक्षम बचत तथा ऋण सहकारी संस्थाको २७ औं स्थापना दिवसको अवसर पारेर परराष्ट विद हिरण्यलाल श्रेष्ठले पुस्तक विमोचन गर्नुभएको हो । पुस्तकमा बनेपाको इतिहास, संस्कृति, रितीरिवाज, चाडपर्वको बारेमा उल्लेख छ । बनेपाको प्रसिद्ध चण्डेश्वरी मन्दिर, अष्टविनायकहरु, मुकुण्डो नाच, मानन्धरहरुको कोल, बनेपामा मनाइने जालुद्योपर्वको महत्व पुस्तकमा दर्शाइएको छ । कार्यक्रममा सक्षम साकोसका अध्यक्ष रमेशकाजी श्रेष्ठ, सहकारी विद कैलाश भक्त प्रधानाङग, राष्टिय सहकारी महासंघका महाप्रवन्धक चित्रा थामसुङ सुब्बा, साहित्यकार भुषण भोमि श्रेष्ठ, मोहन दुवाल लगायतले उक्त पुस्तक बनेपाको ऐना भएको बताउनुभयो । २०६३ सालमा बनेपा स्तवन पुस्तकको प्रथम संस्करण प्रकाशित भएको थियो । दोस्रो संस्करण भने सक्षम साकोसले प्रकाशन गरेको हो । सहकारीले आर्थिक कारोबार मात्रै नभई संस्कृति संरक्षण र समाज रुपान्तरणमा विभिन्न किसिमले सहयोग पुर्याउनु पर्ने साकोसका अध्यक्ष रमेशकाजी श्रेष्ठले बताउनुभयो ।

थप