निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

रोशि गाउँपालिकाले ०७८/०७९को बजेट ६३ करोड ४३ लाख ३१ हजार

  •   ५ वर्ष अघि | १० असार २०७८, बिहिबार,    

काभ्रे,जिल्ला  रोशी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम बजेट सार्वजनिक गरेको छ ।
गाउँपालिका अध्यक्ष डि.बी लामाद्धारा आगमी  ०७८ /०७९ को निति तथा कार्यक्रम सर्वजनिक गरिएको विशेष कार्यक्रममा उपाध्यक्ष लक्ष्मी उप्रेती बर्ताैलाले आज बजेट सार्वजनिक गर्नुभएको हो । उपाध्यक्ष बर्तौलाले आगामी आर्थिक वर्षका लागि ६३ करोड ४३ लाख ३१ हजार को बजेट सार्वजनिक गर्नुभएको छ ।
आगामी आवको लागि आन्तरिक आयबाट एक करोड २८ लाख ६० हजार, राजस्व बाँडफाँडबाट १४ करोड ७४ लाख ९७ हजार, संघिय सरकार समानीकरणबाट १० करोड ८७ लाख, सशर्त/विशेष/समपुरक अनुदान ३१ करोड प्राप्त हुने अनुमान गरिएको छ।
त्यस्तै प्रदेश सरकार समानीकरण ८९ लाख ६९ हजार र प्रदेश सशर्त/समपुरक विषेशबाट ५ करोड ६३ लाख ५ हजार प्राप्त हुनेछ । गाउँपालिकाले भौतिक पूर्वधार निर्माण, कृषि, स्वास्थ्य, शिक्षा लगायत क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याएको छ ।

थप