काभ्रे, धुलिखेल नगरपालिकाले आगामी आर्थिक वर्ष ०७८/०७९ का लागि १ अर्ब १५ करोड १५ लाख रुपैयाको बजेट प्रस्तुत गरेको छ । कोभिड महामारीको नियन्त्रण तथा ब्यवस्थापन र नागरिकहरुको उपचार, स्वरोजगार, आयआर्जन बृद्धी तथा गरिवी न्यूनिकरणलाई बजेटले प्राथमिकता दिइएको छ ।
‘आगामी आर्थिक वर्ष भित्र १ सय प्रतिशत खानेपानी उपलब्ध गराउने शहरका रुपमा धुलिखेललाई चिनाउने गरी बजेट विनियोजन भएको छ’–नगर प्रमुख अशोक ब्याञ्जुले भन्नुभयो–‘५ हजार ५ सय ८५ घर धुरीमा खानेपानी सेवा उपलबध भई सकेको छ भने १ हजार १ सय ६७ घर धुरीमा निर्माण कार्य भईरहेको छ ।
बाँकी ३ सय घरधुरीका लागि आगामी आर्थिक वर्ष ३ करोड ६० लाख बजेट विनियोजन भएको छ ।
’ कुल विनियोजन बजेट मध्ये चालू खर्च तर्फ ५७ करोड ४५ लाख ७४ हजार अथार्त ४९.९० प्रतिशत र पूँजिगत खर्च तर्फ ५७ करोड ५४ लाख २६ हजार अथार्त ४९.९७ प्रतिशत र वित्तीय ब्यवस्था तर्फ १५ लाख अथार्त ०.१३ प्रतिशत रकम विनियोजन भएको छ ।
समग्र मा बजेट उत्कृष्ट रहेको र नगरको अग्रगामी विकासमा टेवा पुग्ने दिखीएको छ।