उद्योग वाणिज्य संघ काभ्रेको अध्यक्षमा राजेन्द्र पसछे र महासचिव पदमा रविन्द्र वैदार विजयी

कुन उम्मेदवार ले कति मत पाए सुचीसहित

  •   ३ वर्ष अघि | २३ फाल्गुन २०७७, आइतवार,    

काभ्रे,  उद्योग वाणिज्य संघको अध्यक्षमा राजेन्द्र पसछें र महासचिव मा रविन्द्र वैदार  विजयी भएका छन् । संघको ४१औँ साधारणसभाको चुनाबी निर्वाचनबाट अध्यक्षमा राजेन्द्र पसछें लगायतको टोली विजयी भएको हो ।


निकटतम प्रतिद्वन्दी बसन्त नारायण भोछिभोयालाई एक सय एकको मतान्तरले पछि पार्दै पसछेंले विजयी भएका हुन् । भोछिभोयाले ४३९ मत ल्याउँदा  पसछेंले ५४० मत प्राप्त गरेका थिए । यस्तै टोलीमा वरिष्ठ उपाध्यक्ष प्रताप वैद्य निर्विरोध निर्वाचित भएका छन् ।


 उपाध्यक्ष पदमा तीन जनाको उम्मेद्वारी परेकोमा स्वयम्भुरा शाक्यले ५ सय २ मत मात्रै प्राप्त गरि पराजय भए भने उनका निकटतम प्रतिद्वन्दीहरु ग्रोवेन तौजलेले ६ सय २ र कैलाश पलाञ्चोकले ६९८ मत प्राप्त गरि विजयी भएका भएका छन् ।

यस्तै महासचिव पदको उम्मेद्वारमा रविन्द्र बैदारको ५९० मत प्राप्त गरि विजयी भएका छन् ।भने उनका निकट्त्तम प्रतिद्वन्दी विकाश शर्मा तिमल्सिनाले  ३६४ मात्रै मत प्राप्त गरि पराजय भएका छन् । 
कोषाध्यक्ष पदमा रजीत पलाञ्चोकेले ५८६ मत ल्याई विजयी भए भने उनका निकटतम प्रतिद्वन्दी कृष्णलाल श्रेष्ठले ३५७ मत मात्रै प्राप्त गरि पराजय भएका छन् ।

यस्तै सहसचिव पदमा विज्ञान घौगोडाले ४७१ मत प्राप्त गरि पराजयी भए भने हरि कर्माचार्यले ४९३ मत प्राप्त गरि सो पदमा विजयी भएका छन् । यस्तै सह कोषाध्यक्ष पदमा ६०७ मत ल्याई सुविन्द्र राजभण्डारी विजयी भए भने उनको प्रतिष्पर्धीमा रहेका भिमप्रसाद ढकालले ३४९ मत मात्रै प्राप्त गरि पराजय भएका छन् ।

सह मुख्य संयोजक पदमा रुसन श्रेष्ठले ५५३ मत ल्याई विजयी भए भने उनका प्रतिद्वन्द्वी बोधनाथ बजगाई ३९९ मत प्राप्त गरि पराजयी भए का थिए ।

 १० सदस्य पदका लागि १२ जना उम्मेद्वारको उम्मेद्वारी परेकोमा मानकाजी प्रधान ८३९ , राम कुमार श्रेष्ठ (बि) ८३०, अमरनाथ बादे श्रेष्ठ ८४०, भिम प्रसाद आचार्य ६४८, राम कुमार श्रेष्ठ (ए) ७९०, उमेश रत्न शाक्य ८५६, दमन कुमार श्रेष्ठ ८०२, रवि तौजले ६८०, राहित कमार श्रेष्ठ ७२७, श्याम कुमार भालु मुनाल ७१८ विजयी भए भने २ सदस्यहरु मणी कुमार तुम्रुक ६२१ र पुरुषोत्वम मानन्धर ९मन्त्री० ६१२ मत ल्याई पराजित भएका थिए ।
शनिबार भएको निर्वाचनमा ११९५ मतदाता रहेका थिए भने ९९८ मत खसेकोमा १८ मत बदर भएको निर्वाचन समितिका संयोजक लक्ष्मीलाल राजभण्डारीले नतिजा सार्वजानिक गर्दै बताएका छन् ।

उनले वरिष्ठ उपाध्यक्षमा प्रताप वैद्य, राजेश कुमार श्रेष्ठ, मुख्य संयोजक, यश कुमार रंजित सचिव,इन्द्रलक्ष्मी श्रेष्ठ सदस्य, कुमुदा वैद्य महिला सदस्य,बिकास कुमार श्रेष्ठ दाप्चा क्षेत्रगत, सुरेन्द्र सुद्विकार बनेपा २ क्षेत्रगत, सुमन चौप्रधान बनेपा १ क्षेत्रगत, श्रि कृष्ण थापा, साजन शाक्य एशोसिएट पदमा ९ जना निर्विरोध निर्वाचित भएको पनि बताएका छन् ।

थप