जिल्ला सहकारी संघ काभ्रेको ५३ औँ स्थापना दिवस समारोह सम्पन्न

  •   ४ वर्ष अघि | २६ भदौ २०७७, शुक्रबार,    

जिल्ला सहकारी संघ लि, काभ्रेपलाञ्चोकले ५३ औं स्थापना दिवस एक समारोहका बीच सम्पन्न गरेको छ । जिल्लामा रहेका १४९५ वटा सहकारी संघ संस्थाहरुको छाता संघको रुपमा रहेको जिल्ला सहकारी संघ आजकै दिन स्थापना भएको हो ।
संघको कार्यालय रहेको स्थानमा राष्ट्रिय झण्डा तथा अन्तर्राष्ट्रिय सहकारी महासंघको झण्डा पूजा तथा सहकारीका जन्मदाताका रुपमा परिचित रोवर्ट ओवेनको फोटोमा माल्यार्पण गर्दै स्थापना दिवसको सम्झना गरेको छ । कोभिड १९ का कारण देखिएको स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै संघले संघका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, जिल्लामा रहेका बिषयगत संघहरुको तर्फबाट जिल्ला कृषि सहकारी संघका अध्यक्ष सुमन नेपाल, काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघका द्धितीय उपाध्यक्ष तीर्थमाया प्रधान तथा जिल्ला कफि उत्पादक सहकारी संघ लि का अध्यक्ष होमराज गिरी तथा कर्मचारीहरुको सानो घेरामा उक्त कार्यक्रम सम्पन्न गरेको हो ।
संघ स्थापना दिवसको अवसरमा नै संघले आफ्ना सदस्य संस्था वा संघलाई सहकारीका सेवा विस्तार गर्ने उद्देश्यका साथ भूम्लु गाउँपालिका, चौरी देउराली गाउँपालिका तथा मण्डनदेउपुर नगरपालिकामा रहेको सहकारीहरुलाई सेवा विस्तार गर्दै सचेतना अभियान सहित सहकारी प्रवद्र्धन र विस्तार गर्नका लागि पाँचखाल नगरपालिकामा केन्द्र बिन्दू बनाई कार्यालय स्थापनाको सोच बनाएको हो ।
सम्पर्क कार्यालयको उद्घाटन समेत आजै भाद्र २६ गतेका दिन संघका अध्यक्ष विनोद पराजुलीले उद्घाटन गरेका हुन् । कार्यालय उद्घाटन गर्दै अध्यक्ष पराजुलीले संघले संघमा आबद्ध हुन बाँकी सहकारी संस्थाहरुलाई आबद्ध गराउन सजिलो हुने मात्र नभै सहकारीको प्रबद्र्धन, विकास र क्षमता विकासका कामहरु समेत अगाडि बढाउन सहयोग पुग्ने बिचार ब्यक्त गरे । स्थापना दिवसका अवसरमा स्थानीय सहकारी संस्थाहरुबाट अध्यक्ष, प्रतिनीधि तथा कर्मचारीहरुको उपस्थिती रहेको थियो भने सहकारी समन्वय समितिका संयोजक तथा प्रतिनीधिहरु समेतको सहभागितामा कार्यक्रम भब्य रुपमा सम्पन्न भएको थियो ।
स्थानीय सहकारी संस्थाहरुबाट समेत अव जिल्ला सहकारी संघको यसै कार्यालयबाट सहकारी अभियानलाई नै सहयोग पुग्ने गरी क्रियाकलापहरु अगाडि बढाउने प्रतिबद्धता ब्यक्त भएको उक्त कार्यक्रममा ५० जना भन्दा बढी सहकारी अभियन्ताहरुको उपस्थिती रहेको थियो । सोहि दिन सम्पर्क कार्यालयमा स्थानीय विभिन्न सहकारी संस्था मार्फत ५५ लाख ३४ हजार ५ शय ५ रुपैंयाँको आर्थिक कारोबार समेत भएको थियो ।
सहकारी अभियानको तर्फबाट सहकारीको बिकेन्द्रिकरणको नीति अनुरुप स्थानीय तहहरुमा नै गएर सहकारीको विकास र प्रवद्र्धनका लागि यो अवस्थाको काम हुनु आफैमा सुखद कार्य भएको सहकारी अभियन्ताहरु बताउँछन । अव यसको निरन्तरतामा हामी सबैले ध्यान दिदै अगाडि बढ्नु पर्दछ । आजकै दिन जिल्ला सहकारी संघको तर्फबाट जिल्ला भित्र रहेका सम्पूर्ण सहकारी संस्था, संघहरु तथा अभियानकर्मीहरुमा संघका अध्यक्षद्धारा हार्दिक शुभकामना जारी समेत भएको थियो ।

थप