निषेधाज्ञा मा पनि दूध संकलन गर्ने पाउनु पर्ने डेरी एशोशियसनको माग

  •   ४ वर्ष अघि | ४ भदौ २०७७, बिहिबार,    

नेपाल डेरी एसोसिएसनले देशैभरि निषेधज्ञा जारी भएको अवस्थामा दुध संकलन, ढुवानी, र बिक्री बितरणलाई सहज बनाइदिन अनुरोध गरि एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाल डेरी  एसोसिएसनले आवश्यक सुरक्षा अपनाई आएका सवारी साधन, बिक्रि काउण्टर खोल्न वा प्रवेश नरोकिदिन सम्पूर्ण स्थानिय निकाय, टोलवासी एवं आम जनसमुदायलाई अनुरोध गरेको हो ।

 

प्रेस विज्ञप्ति

उपरोक्त विषयमा यो छ कि विगत २०औं वर्षदेखि नेपाल डेरी एसोसिएसनले देशैभरि रहेका दुग्ध संकलन, प्रशोधन, बजारीकरणको बारेमा सम्बन्धित निकायसंग छलफल गर्ने, राय सुझाव दिने र समग्र दुग्ध क्षेत्रको हितका लागि काम गर्दै आईरहेको कुरा अवगत गराईन्छ । हाल यस्तो विषम् परिस्थितिमा पनि सम्बन्धित सम्पूर्ण निकायहरुबाट साथ र सहयोग पाइरहेकोले निरन्तर सेवा दिईरहेका छौं ।

दुध एक पौष्टिकताले भरिपूर्ण खाद्य पदार्थ हो । जुन बालकदेखि वृद्धवृद्धासम्म हरेकलाई नभई नहुने र नेपाल सरकारको अत्यावश्यक सुचीमा पनि परेको वस्तु हो भन्ने कुरा हामी सबैलाई सर्व विदितै छ । त्यस कारण हामीले भुकम्प, नाकाबन्दीदेखि देशमा हुने हरेक बन्द हड्ताल र विगत २०७६ साल चैत्र ११ गतेदेखि अषाढ ३२ गतेसम्मको लक डाउनमा पनि निरन्तर विना रोकतोक सबैको साथ सहयोगबाट सेवा दिन सकिरहेका थियौं । सरकारले दुध तथा दुग्ध पदार्थलाई अति आवश्यक वस्तुको रुपमा मान्यता दिए अनुसार सोहि मापदण्डमा रहि सेवा दिने काम भईरहेकोमा अहिले यो महामारीले विश्वका हरेक देशलाई आक्रान्त पारेसंगै हाम्रो देश पनि त्यसबाट अलग रहन नसकेको समयमा र हाल आएर कोरोना भाईरस (कोभिड–१९) संक्रमित धेरै बढ्न थालेपछि हामीले अपनाउनु पर्ने सम्पूर्ण सुरक्षा भ्यालु चेन (गोठदेखि ओठसम्म) नै अपनाई ढुवानीको व्यवस्था मिलाइएकोमा ठाउँ ठाउँमा दुध तथा दुग्ध पदार्थ बोकेका सवारी साधनलाई रोक्ने, डेरी काउन्टरहरु बन्द गराउने जस्ता काम भइरहेकाले यसलाई सहजीकरण गर्नको लागि सम्बन्धित निकायलाई अनुरोध गरिन्छ ।

अरु सम्पूर्ण व्यवसाय ठप्प भएको बेलामा पनि यो व्यवसायले सेवासंगै गाउँगाउँमा थोरै भए पनि किसानलाई राहत पु¥याउने कार्य भएको छ । अलि अलि भए पनि आर्थिक चलायमान पारेको छ । त्यसैले जहाँ जहाँ असहज स्थिति छ, त्यहाँ त्यहाँ आवश्यक सुरक्षा अपनाई प्रवेश नरोकिदिनु हुन सम्पूर्ण स्थानिय निकायलाई अनुरोध गर्दै आम उपभोक्ताहरुलाई दुध पूर्ण आहार भएकोले रोगसंग लड्न सक्ने आत्मबल प्रदान गर्ने हुँदा दुधलाई सहज रुपमा आवतजावतका साथै विक्रिवितरण गर्ने वातावरण मिलाई दुध सेवन गरिदिनु हुनका लागि आह्वान गरिन्छ ।

आज मिति २०७७ साल भाद्र ४ गतेदेखि उपत्यकामा निषेधाज्ञा गरेको तर अति आवश्यक वस्तुहरुलाई खुल्ला गर्ने भन्ने पत्र जिल्ला प्रशाशन कार्यालयबाट प्राप्त भएको र सोहि अनुसार व्यवसायीहरुले चलिरहेको तिज र बुबाको मुख हेर्नेदिनलाई मध्येनजर गर्दै टन्नै सामान स्टक गरिएकोले विहान ७ बजेसम्म मात्र ढुवानी र डेरी काउन्टर खोल्न दिएको समयबारे अग्रिम जानकारी नहुँदा र दुध तथा दुग्ध पदार्थ धेरै दिन नटिक्ने हुँदा यस्तो असहज परिस्थितिमा पनि आफूले समेत जोखिम मोल्दै व्यवसायीहरुले पुयाएको सहयोगले उल्टै नोक्सानी बेहोर्नुपर्ने अवस्थाले कि विहान र बेलुका ढुवानी र विक्रिवितरणका लागि समयसिमा तोक्नुप¥यो वा गोठदेखि ओठसम्म नै बन्द गर्नुपर्ने हुन्छ । देशको ६० प्रतिशत बजार उपत्यका भएको र दुध तथा दुग्ध पदार्थ लामो समयसम्म भण्डारण गर्न नसकिने हुँदा विक्रि वितरणको लागि पर्याप्त समय नहुने हो भने बन्द गर्नुको विकल्प नरहेको हुनाले आशा छ सम्बन्धित निकायले यस तर्फ ध्यान दिनु हुने छ ।

थप