वैद्यले गरे आफ्नो उम्मेदवारी घोषणा

  •   ४ वर्ष अघि | ७ साउन २०७७, बुधबार,    

काभ्रे, कोरोनाको जोखिम  बिश्व भर अहिले नि उतिनै रहेको यो अबस्थामा नेपाल सरकारले भने सामाजिक दुरी कायम गरि सार्वजनिक बस र संघ संस्था हरु खुलाउन र कार्य गर्ने निर्देशन गरि लकडाउन अन्त्य गरेको यो अबस्थामा ।

 जिल्लाको उद्योग व्यवसायी सुरकृष्ण वैद्यले नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्य रहेका वैद्यले यो पटक पुनः केन्द्रीय सदस्यमा उम्मेदवारीको घोषणा गरेका हुन् ।

बुुधबार बनेपामा, जिल्लामा रहेका सबै उद्योग वाणिज्य संघहरु, यातायात व्यवसायी संघहरु, सामाजिक संस्थाहरुको उपस्थितीमा वैद्यको उम्मेदवारी घोषणा गरिएको हो ।

उनी काभ्रे उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष समेत हुन् । आफूले जिल्लाको प्रतिनिधित्व गर्दै महासंघमा दरिलो उपस्थिती जनाउन फेरि  केन्द्रीय सदस्यको उम्मेदवारी दिएको बताउनुभयो ।

यसअघिको निर्वाचनमा नेपालमै धेरै मत ल्याएर विजयी हुने उनी दोस्रो व्यक्ति हुन् । जिल्ला नगरतर्फ खुल्ला केन्द्रीय सदस्यमा उनले उम्मेदवारीको घोषणा गरेका छन् ।
 उद्योग बाणिज्य संघको आगामी साउन २६ र २७ गते हुने निर्वाचनमा केन्द्रीय सदस्य पदमा जिल्ला÷नगर तर्फबाट काभ्रेका उद्योगी ब्यवसायी सुरकृष्ण बैद्यले उम्मेदवारी घोषणा गर्नुभएको छ ।

 बैद्य यस अघि पनि केन्द्रिय सदस्य हुनुहुन्थ्यो ।काभ्रे उद्योग बाणिज्य संघले आयोजना गरेको पत्रकार सम्मेलनमा जिल्लाका पुर्व अध्यक्ष समेत रहेका बैद्यले पुनः केन्द्रिय सदस्य पदका लागि बरिष्ठ उपाध्यक्ष पदका चन्द्र ढकाल समुहबाट उम्मेदवारी घोषणा गर्नु भएको हो ।‘तीन वर्ष यो कार्यकालमा महासंघ विद्यान शंशोधनको एजेण्डामै रुमलियो, थप कार्य गर्न सम्भव भएन’–केन्द्रिय सदस्य सुरकृष्ण बैद्यले भन्नुभयो–‘समृद्ध देश निर्माणका लागि ढकाल समुहको एजेण्डा कार्यान्वयनका लागि प्यानल नै विजयी हुनु आवश्यक छ ।’ ७ सय ५३ वटै स्थानीय सरकार, प्रदेश सरकार र संघ सरकारसँगको समन्वयमा उद्योग स्थापना गरी रोजगारी सिर्जना गर्ने उदेश्य रहेको छ । त्यसका लागि ढकाल समुह सक्षम रहेको बैद्यले बताउनु भयो ।काभ्रे उद्योग बाणिज्य संघले सामाजिक उत्तरदायित्व अन्र्तगत अशक्त परिवारलाई आर्थिक सहयोग गरेको छ भने केन्द्रिय सदस्य सुरकृष्ण बैद्यले बैकल्पिक शिक्षाका लागि आवश्यक पर्ने मोवाईल फोन हस्तान्तरण गर्नु भएको छ ।

 बनेपा ६ बुडोलमा डेरा गरी बस्ने लक्ष्मी कार्की १२ वर्ष अघि रुखबाट लडेर कम्मर भाँचिए पछि उपचारार्थ रहँदै आउनु भएको थियो ।आर्थिक अभाव भए सँगै दुई सन्तान छाडेर उहाँका श्रीमानले अर्काे विवाह गर्नु भयो । कक्षा ८ मा अध्ययन गर्ने सविन कार्की र उनकी दिदी कक्षा १० मा अध्ययन गर्ने सविना कार्कीलाई थप सहयोग जुटाउन उद्योग बाणिज्य संघले १० हजार आर्थिक सहयोग गरेको छ । कार्कीको उपचारका लागि स्पाईनल इन्जरीमा निशुल्क गर्ने ब्यवस्थाका लागि प्रकृया शुरु भएको छ । सोहि कार्यक्रममा काभ्रे उद्योग बाणिज्य संघले अध्यक्ष प्रकाश मानन्धर मार्फत १० हजार, बागमती टिपर ब्यवसायी संघको तर्फबाट अध्यक्ष प्रेम लामाले १० हजार १ सय, पतञ्जली योग समिति काभ्रेबाट अध्यक्ष दमनकुमार श्रेष्ठले १० हजार ५ रुपैया, अमेरिकामा बसोबास गर्ने जयन्ती तौजलेले भाई ग्रुवेन तौजले मार्फत पठाउनु भएको २० हजार रुपैया, काभ्रे पुण्यवती यातायात प्रालीका तर्फबाट अध्यक्ष राजेशसुन्दर सैजुले १० हजार, काभ्रे बस प्रालीका तर्फबाट अध्यक्ष वर्ण शाक्यले १० हजार, होलसेल ब्यवसायी संघका तर्फबाट शम्भु पौड्यालले ११ हजार, होटल ब्यवसायी महासंघका तर्फबाट कृष्ण श्रेष्ठले ६ हजार र पतञ्जली योग समितिका सरिता शाक्यको तर्फबाट १० हजार रुपैया लक्ष्मी कार्कीका छोरा सविन र छोरी सविनालाई हस्तान्तरण गरिएको छ । लक्ष्मी कार्की ओछ्यानमै हुनुहुन्छ । ब्यवसायीहरुले उहाँहरुको परिवारलाई खाद्यान्न सहित अन्य सहयोग गर्ने बताउनु भएको छ ।

थप