काभ्रेको सागाँबाट ७ किलो चाँदीसहित एक भारतीय नागरिक पक्राउ

  •   ७ महिना अघि | २५ असोज २०८०, बिहिबार,    

काभ्रे । जिल्लाको सागाँबाट ७ किलो चाँदीसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन्।

पूर्वबाट काठमाडौं आउँदै गरेको गाडीमा प्रहरीले चेकजाँच गर्ने क्रममा ७ किलो चाँदीसहित भारतीय नागरिक आश्विनी सर्राफ पक्राउ परेका हुन्।

काठमाडौंबाट आएको सशस्त्र प्रहरी र राजस्व विभागको टोलीले सवारी चेकजाँच गरेको हो।

पक्राउ परेका व्यक्तिले  चाँदीलाई काठमाडौं ल्याउँदै गरेको प्रहरीले जनाएको छ।

थप